१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

१८ बर्षीया रक्षा प्रदेश प्रतिनिधिमा निर्वाचित

प्रदेश महाअधिवेशन प्रतिनिधिमा निर्वाचित विराटनर-१२ की १८ वर्षीया रक्षा यादव। तस्बिरः विनोद/नागरिक

नोपली कांग्रेसको १४औं महाअधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको अधिवेशनमा मोरङको निर्वाचन क्षेत्र ६ (ख) बाट प्रदेश प्रतिनिधिमा विराटनगर १२की १८वर्षिया रक्षा यादव निर्वाचित भएकी छिन्। 

उनी मधेसी महिला कोटाबाट निर्विरोध निर्वाचित भएकी हुन्। शुक्रबार जिल्ला पार्टी कार्यालय मोरङ स्थिति मदतान केन्द्रमा मोरङ क्षेत्रनम्बर ६ (ख)को मधेसी महिला कोटामा यादवको मात्रै उमेद्वारी परेपछि उनि निर्विरोध निर्वाचित भएको निर्वाचन क्षेनम्बर ६ (ख) को निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश प्रतिनिधिमा निर्वाचित यादवले युवाहरूको प्रतिनिधित्व गर्दै युवाहरूका लागि काम गर्ने इच्छा रहेको बताइन्।

प्रकाशित: ३ मंसिर २०७८ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App