३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बृहत् नागरिक आन्दोलनको मार्चपास, घोषणापत्र जारी

२००७ सालमा प्राप्त प्रजातन्त्रको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। शुक्रबार नेपाली सेनाले प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा विशेष भइरहँदा बृहत् नागरिक आन्दोलनले भने प्रतिनिधिसभा विघटनको विरोधमा ‘टुँडिखेल मार्च’ को आयोजना गरेर घोषणापत्र जारी गरिएको छ। मार्चपासपछिको कोणसभामा लेखक तथा अधिकारकर्मी जेबी विश्वकर्माले घोषणापत्र पढेर सुनाएका थिए।

नागरिकको 'टुँडिखेल मार्च'

बृहत नागरिक आन्दोलनको आह्वानमा टुँडिखेलमा मार्च भएको छ। रत्नपार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेको थियो।

सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुसी

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुसी भएका छन्। कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा कार्यालयले अहिले घरैमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि उनीहरू खुसी भएका हुन्।

‘राष्ट्रपतिज्यू ! अहिले संविधानको हालत के छ ?’

बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरूमा भएको असंवैधानिक नियुक्तिको विरोधमा मार्चपास गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायहरूमा गरेको असंवैधानिक नियुक्तिको प्रतिकारस्वरूप शुक्रबार बृहत् नागरिक आन्दोलनको आह्वानमा लैनचौरदेखि राष्ट्रपति कार्यलय शीतल निवाससम्म मार्चपास गरिएको हो।

‘शासक सेवक हुन्छन् भनेको शोषक भए’

बृहत् नागरिक आन्दोलनका अगुवा लेखक तथा सम्पादक नारायण वाग्लेले आउँदो फागुन ७ प्रजातन्त्र दिवसको दिन टुँडिखेलमा भेला हुन आह्वान गरेका छन् । मंगलबार शोभा भगवतीमा प्रतिगमनविरुद्ध भएको ‘बृहत नागरिक आन्दोलन’लाई सम्बोधन गर्दै सम्पादक वाग्लेले फागुन ७ गते काँडेतार हटाएर टुँडिखेल पुगेर नागरिक घोषणापत्र सार्वजनिक गरी जनआन्दोलनको उभार ल्याइने बताएका थिए ।

शहिद धर्मभक्तको सालिक छेउबाट संसद विघटनको विरोध (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

‘तानाशाही प्रवृत्तिका ओलीले जनतामाथि अत्याचार गरे’

नागरिक अधिकारहरू एकपछि अर्को गरी ओली सरकारले खोसे। पहिले राजाले नागरिकको अधिकार खोसेका थिए। अहिले ओलीले खोसे। ’उनले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको धारणा व्यक्त गरेका थिए। ‘अदालत जनताप्रति उत्तरदायी भएर असंवैधानिक कदम फिर्ता लिने विश्वास लिएको छु,’ उनले भने।

नागरिक अगुवाहरूद्वारा शुक्रराज शास्त्रीको सालिकमूनि सुतेर सरकारको विरोध (फोटो फिचर)

वृहत नागरिक आन्दोलनले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ।

नागरिक अगुवा भन्छन् : प्राप्त उपलब्धि रक्षाका लागि तेस्रो जनआन्दोलन

संसद् विघटनविरुद्ध माघ १२ गते भएको नागरिक आगुवाहरुको आन्दोलनमा प्रहरीले दमन गरेपछि पत्रकार तथा लेखक नारायण वाग्लेले ‘तेस्रो जनआन्दोलन सुरु भएको’ बताए। सोही साँझ नागरिक अगुवाहरुको तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले पनि तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरे।

नागरिक निशाना

हरेक दलभित्र र समाजमा रहेका लोकतन्त्र विरोधी प्रवृत्ति र प्रतिगामी सोचलाई परास्त गर्न सक्ने आन्दोलन भएमात्रै लोकतन्त्रले संस्थागत रूप लिनेछ । र, त्यसो भयो भने मात्र हरेक दशकमा लोकतन्त्र रक्षाका लागि आन्दोलन पनि गर्नुपर्ने छैन ।

के नागरिक आन्दोलनको आवश्यकता हो ?

प्रतिनिधि सभा विघटनविरुद्ध अहिले विभिन्न राजनीतिक दलसहित नागरिक समाज आन्दोलित छन्। माघ १२ गते दिउँसो २ बजे ‘बालुवाटार मार्च’ नाम दिएर काठमाडौंको कमलपोखरीबाट माटोको टीका लगाएर सुरू भएर बालुवाटरतर्फ बढिरहेको नागरिक अगुवाहरुको र्यावली बालुवाटार नपुग्दै प्रहरीको निर्मम दमनमा पर्योर। प्रहरीले माघको ठण्डामा अभियन्ताहरुमाथि चिसो पानीको फोहोरा बर्सायो। लाठी बजार्‍याे। त्यसक्रममा दर्जनौ घाइते भए।

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बर्बराउने गर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको सोमबारको विरोध कार्यक्रममा सरकारले गरेको दमनको आलोचना गरेका छन्।

नागरिक आन्दोलनमा दमन

निधारमा कालो माटोको टीका र ‘कु’ लेखिएको कालो पट्टी लगाएका प्रदर्शनकारी भाटभटेनी हुँदै बालुवाटार क्षेत्रतिर प्रवेश गर्दै थिए। मुखमा ‘असंवैधानिक’ लेखिएको मास्क र हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूलाई रोक्ने क्रममा प्रहरीले लाठी पानीको फोहरा प्रहार गर्‍यो। प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नागरिक समाजले सोमबार निकालेको ‘बालुवाटार मार्च’ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

अनकन्टार जंगलमा बस्ने पदमबहादुरले पाए नागरिकता

दुईदशक अगाडी नै आमाबुबाको मृत्यु भएपछि गोठमै दिन बिताउँदै आएका पदमबहादुरलाई आफन्त कमलबहादुर फगामी र गुप्तलाल थापाले जिल्ला प्रशासन कार्यालयमा पु¥याएर ७३ वर्षको उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र पनि दिलाउन लगाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्