८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘तानाशाही प्रवृत्तिका ओलीले जनतामाथि अत्याचार गरे’

चिकित्सा शिक्षा अभियान्ता डा.गोविन्द केसीले तानाशाही प्रवृत्ति देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि अत्याचार गरेर आरोप लगाएका छन्। शनिबार उनको अगुवाइमा राजधानीको बानेश्वरमा भएको संसद विघटनविरुद्धको ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले तिरेको करबाट तलब र भत्ता खाएर जनतामाथि अत्याचार गरेको तर्क गरेका थिए।

‘हामी कुनै पार्टीको समर्थन र विरोधमा आएका होइनौं,’ उनले भने, ‘हामी सबै पार्टीका नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउनुपर्छ भन्ने मान्यता राख्छौं। जनताले आफ्नो छाक काटेर तिरेको करबाट तलब भत्ता खाने तर उनीहरू जनताका पक्षमा ऐन कानुन बनाउँदैनन्।’ उनले संसद् विघटन गरेर संविधानको हत्या गर्ने ‘तानाशाही’ प्रवृत्ति देखाउने प्रधानमन्त्री ओली सडकमा ल्याउनुपर्ने बताए।

‘दुईतिहाइको सरकार देशले समृद्धिको बाटोतिर जान्छ होला, जनताले सुख पाउलान् भन्ने लाग्याथ्यो,’ उनले भने, ‘तर दुई समूहबीचको कुर्सीको लडाइँले अहिले यस्तो समस्या आयो।’ डा.केसीले असंवैधानिक तरिकाले संसद् विघटन गरेर तानाशाही प्रवृत्ति देखाएको प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने बेला आएको तर्क गरेका थिए।

‘चुनावमा गरिने खर्चले कोरोनाले थलिएका मजदुर, किसान र साना व्यवसायीलगायतले राहत पाउँथे होलान, नेपालीहरूले खोप पाउँथे होलान्,’ उनले भने, ‘तर यो अनावश्यक खर्च हुने भयो। जनताले दुःख गरेर ल्याएको व्यवस्थालाई ओलीले पैतृक सम्पत्ति सम्झिएर। नागरिक अधिकारहरू एकपछि अर्को गरी ओली सरकारले खोसे। पहिले राजाले नागरिकको अधिकार खोसेका थिए। अहिले ओलीले खोसे।’उनले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको धारणा व्यक्त गरेका थिए। ‘अदालत जनताप्रति उत्तरदायी भएर असंवैधानिक कदम फिर्ता लिने विश्वास लिएको छु,’ उनले भने।  

माइतीघरबाट सुरु भएको बानेश्वर पुगेको थियो। जनसांस्कृतिक महासंघले आयोजना गरेको प्रदर्शनमा भूपाल राई, चन्द्र रानाहाँछा र केशव सिलवाललगायत कविहरू कविता वाचन गरेर संसद् विघटनको विरोध गरेको थियो। त्यस्तै प्रदीप देवानले ‘प्रतिगमन मुर्दावाद, फाँसिवाद मुर्दावाद’ बोलको गीत प्रस्तुत गरेका थिए।

प्रकाशित: १८ माघ २०७७ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App