२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बर्बराउने गर्छ : रामचन्द्र पौडेल

फाइल तस्बिर।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको सोमबारको विरोध कार्यक्रममा सरकारले गरेको दमनको आलोचना गरेका छन्। मंगलबार ट्वीट गर्दै नेता पौडेलले प्रधानमन्त्री केपी ओलीतर्फ संकेत गरेर हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने उल्लेख गरेका छन्।  

संसद विघटनको विरोधमा नागरिक आन्दोलनले बालुवाटारमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सोमबार प्रहरीले हस्तक्षेप गरेको थियो।  

उनले लेखेका छन्,‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ। हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ।’

उनले नागरिकको आन्दोलनप्रति आफ्नो साथ र समर्थन रहेको समेत उल्लेख गरेका छन्। ‘ सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो।’ उनले लेखेका छन्,‘तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ, अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै  आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ।’

प्रकाशित: १३ माघ २०७७ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App