३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नौतनवाबाट आएका तीन जना भारतीयमा कोरोना संक्रमण

मजदुरीकालागि भारतबाट आएका तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण देखिएको छ । बुटवलको व्यस्त बजार अमरपथ स्थित गण्डकी सिरक डसना स्टोरमा कार्यरत तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू साउन ७ गते भारतको नौतनवाबाट आएका हुन ।

महामारीमा नागरिक जिम्मेवारी

‘लकडाउन अन्त्य’को घोषणा गर्दैमा महामारी सकियो वा संक्रमण फैलिने सम्भावना कम भयो भन्ने होइन, भीडभाड बढ्दा र सावधानी नअपनाउँदा संक्रमण फैलने सम्भावना झनै बढ्छ। सरकारको घोषणाले सर्वसाधारणमा गलत सन्देश गएको भनी विज्ञले चिन्ता व्यक्त गरेका छन्। ‘लकडाउन अन्त्य’लाई आम मानिसले नियमित जीवनशैली अवलम्बन गर्न सक्ने अर्थमा बुझे अनर्थ हुन जान्छ।

नेपालको सम्भावना ल्याण्ड र लेबर

साउथ एसिया वाच अन ट्रेड, इकोनोमी एण्ड इनभायरोमेन्ट (स्वाति) का अध्यक्ष पोषराज पाण्डे अर्थतन्त्र र विकासका विषयमा गहिरो अध्ययन राख्ने थौरै नेपालीहरुमध्येका हुन् ।

नेपालमै ‘भ्याक्सिन’

नेपालमा उच्चस्तरीय वैज्ञानिक प्रयोगशाला नहुँदा ‘कोभिड–१९’ विरुद्धको खोप (भ्याक्सिन) सम्बन्धी अनुसन्धान हुन सकेको छैन । जसले गर्दा सो क्षेत्रका दक्ष जनशक्तिको सीप ‘अवमूल्यंन’ भएको छ ।

साउनको हरियो पहेँलो फेशनमा कोरोना प्रभाव

कलंकी घर भएकी सबिना भट्टराईको मनपर्ने महिना साउन हो । उनले पुज्ने भगवान शिवलाई मनपर्ने महिना भएर मात्रै सविनालाई साउन मन परेको हैन, अरु कारण धेरै छन् ।

साउन महिना र खानपान

साउन महिनालाई हरियो महिनाको साथसाथै शाकाहारी महिना भनेर पनि चिनिन्छ । साउन महिनामा विशेषगरी हिन्दू धर्मावलम्बि नारीहरुले हातमा मेहन्दी हरियो र पहेँलो चुरा अनि हरियो र पहेलो पहिरन लगाउने चलन छ ।

श्रावण महिनाको धार्मिक सांस्कृतिक पक्ष

श्रावण महिना धार्मिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिनाका प्राकृतिक विशेषता हुन् ।

कपाल काट्ने सेलिब्रेटी

हेयरस्टाइलिष्ट निलडेभिड कटुवालको वास्तविक नाम निलेन्द्र कटुवाल हो । झापामा जन्मिएका निलेन्द्र अहिले बाबुआमाले दिएको नामका कारण भन्दा आफूले आफैँलाई दिएको नामले चर्चित छन् ।

बलिउड र कलिउड एक अमिल्दो तुलना

बलिउडको बाछिटा कलिउडमाथि पर्दै आएको छ । सिनेमाको प्रस्तुति मात्र नभएर बलिउड प्रवृत्तिको कलिउडले अनुसरण गर्ने गरेको छ । बलिउडको कलिउडमाथिको प्रभाव थोरै स्वाभाविक र धेरै अस्वाभाविक हुने गरेको छ ।

अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन

अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ। युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्कका बासिन्दादाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन भनेका छन्।

कोरोना कहर : अव्यवस्थित व्यवस्थाले संक्रमण बढ्ने जोखिम

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसिआरको दायरा कम गर्दै लगेको छ । पिसिआरको दायरै कम गरेपछि तथ्यांकमा संक्रमितको संख्या पनि कम हुने नै भयो । पिसिआर परीक्षण जाँच शून्यमा झार्ने हो भने तथ्यांकमा संक्रमितको संख्या पनि शून्य नै देखिन्छ ।

बेतोडको खर्च आतंक

नयाँ आर्थिक वर्ष सुरु भएकै दिन साउन १ मा प्रकाशित मुलुकका सबै छापाहरूले नियम विपरीतको खर्च अर्थात् बेरुजुलाई प्राथमिकता राखेका छन् ।

रकस्टारको माटो प्रेम

कोरोना महामारी नभएको भए नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ यतिबेला अमेरिकाको कन्सर्टका लागि तयारीमा हुन्थे । कोरोना महामारीले यतिबेला संसार थिलथिलो भएको छ ।

अस्तित्व

‘घर बस्दाबस्दा वाक्क भैसकेँ म ।... म पनि त मान्छे हुँ ! मलाई पनि त घुम्न मन लाग्छ ! सपिङ गर्न मन लाग्छ । साथीभाइहरुसित घण्टौँ गफ गरेर बरालिन मन लाग्छ । आफ्नो खुसीको लागि केही गर्न मन लाग्छ ।’

शारीरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

नियमित रुपमा शारीरिक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्