१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

नेपाल–अष्ट्रेलिया साझेदारी

नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ।

टिभिएसको भोइस अफ नेपाल २०१८ मा साझेदारी

अन्तर्राष्ट्रिय टेलिभिजन गायन कार्यक्रम ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजकमा टिभिएस अपाचे आरटि रहेको छ । टिभिएस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कुटरको नेपालको लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्स प्रालिले हालै उक्त कार्यक्रमको मुख्य प्रायोजक बन्न साझेदारी गरेको हो।

उद्यमीलाई सहायता दिन मेटलाइफ र किभाबीच साझेदारी

मेटलाइफ फाउन्डेसनले विश्वभरका उद्यमीलाई सहायता दिन विश्वव्यापी गैरसरकारी संस्था ‘किभा’सँग साझेदारी गरेको छ ।

५७ शाखा स्थापना गर्न १४ वाणिज्य बैंकसँग साझेदारी

युकेएड सक्षमले कर्णाली प्रदेश तथा प्रदेश ५ र ७ का गाउँपालिकाहरूमा ५७ वटा नयाँ बैंक शाखा स्थापना गर्ने उद्देश्यले १४ वटा वाणिज्य बैंकसँग साझेदारी गरेको हो । बिहीबार विकेन्द्रीकरणको मर्मअनुरूप देशका सबै सात सय ५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने सरकारको लक्ष्यलाई समर्थन गर्ने युकेएड तथा सक्षमको उद्देश्यअनुरूप यी साझेदारी भएका हुन्।

त्रिदेशीय साझेदारीको प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको अन्तिमतिर चीनको दक्षिणी प्रान्त हैनानमा एसियाली बोआओ फोरमको सम्मेलन हुँदै थियो। यस सम्मेलनमा चीनले लिने स्वतन्त्र व्यापार र समृद्धि विषयक विश्वसनीयताका विषयमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सारगर्भित भाषण दिएका थिए। यद्यपि सी चिनफिङको उक्त भाषणको ठूलो अंश चीन र अमेरिकाबीच हालै भइरहेको व्यापार युद्धप्रति बढी लक्षित थियो र चिनियाँ राष्ट्रपति अमेरिका मात्र नभई विश्व–बजारमा आपसी द्वन्द्वलाई बढाउनमा भन्दा वार्ता र सहमतिका आधारमा व्यापार र भन्सार दरका विषय समस्याको समाधान गर्ने कुरामा केन्द्रित रहेका थिए। यो बोआओ सम्मेलन विश्व व्यापार नीतिमा केन्द्रित भएको हुँदा एसियाली मुलुकमा बढ्दो व्यापारबारे चिनियाँ नीति पनि यसको एउटा पक्ष रहेकामा कुनै द्विविधा रहेन ।

ओपोको साझेदारी

अडियो, इमेजिङ र आवाज प्रविधिका लागि विश्वमै अग्रणी विशेषज्ञ तथा विकासकर्ता, डोल्बी ल्याबोरेटोरिजले, विशेषगरी युवा पुस्ता माझ लोकप्रिय वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्रान्ड ओपोसँग ग्लोबल, स्ट्र्याटेजिक इन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारी घोषणा गरेको छ।

सार्वजनिक–निजी साझेदारी

द्रूत मार्गलाई पहिला साझेदारीमा लाने भनियो, फेरि अरू विकल्प पनि खुला गर्ने गरी निर्णय गरियो । त्यसपछि पुनः साझेदारीमा लैजाने निर्णय गरियो । अब आन्तरिक स्रोत र परम्परागत विधिबाट निर्माण सञ्चालन गर्ने नीति घोषणा भएको छ । यसले प्रतिबद्धताको स्तर देखाउँदैन।

निजी क्षेत्रसँग साझेदारी नगरे द्रुत विकास असम्भव

नेपालले आउँने वर्षहरुमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बनाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठ उक्त लक्ष्य हासिल गर्न २४ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताउँछन् । ‘तर यत्रो रकम सरकारसँग छैन,’ सदस्य श्रेष्ठ भन्छन्, ‘हामीलाई चाहिने यो रकममा ५५ प्रतिशत निजी क्षेत्रबाट जुटाउनु पर्ने हुन्छ।’

साझेदारीको २५ वर्षमा नयाँ बियर

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलसँगको साझेदारी २५औं वर्षमा प्रवेश गरेको अवसरमा काल्सबर्गले ‘दी रेड होप’ बियर बजारमा ल्याएको छ।

गौचन हत्याको कारण खुल्यो- ‘आपराधिक समूहका नाइकेसँगको व्यावसायिक साझेदारी’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण व्यावसायिक फाइदाका लागि आपराधिक समूहका नाइकेसँगको साझेदारी रहेको निष्कर्ष निकालेको छ ।

बुटवल पावर र चिनियाँ कम्पनीबीच साझेदारी

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)ले चीनका तीन प्रमुख कम्पनीहरुसँग साझेदारी गरेको छ । बिपिसीले उक्त साझेदारीको बुधबार आयोजित एक कार्यक्रममा घोषणा गरेको हो। बिपिसीले चीनका तीन प्रमुख हाइड्रोपावर कम्पनी सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्दु सिंचेन इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडबीच भएको उक्त साझेदारीको सुरुआत गण्डकी अञ्चलको उच्च हिमाली क्षेत्रमा अवस्थित तल्लो मस्र्याङ्दी हाइड्रोपावर आयोजनाबाट हुनेछ । उक्त आयोजना एक सय मेगावाटभन्दा बढी क्षमताका छन् । निकट भविष्यमा थप अन्य आयोजना पनि निर्माण गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रदेश ७ मा वाम गठवन्धनको सिट वाँडफाँट, १२ र ४ सिटको साझेदारी

प्रतिनिधि सभामा १६ निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ७ मा वाम गठबन्धनमा रहेका एमालेले १२ र माओवादी केन्द्रले ४ सिट वाँडफाट गरेका छन।

आप्रवासन साझेदारीमा नेपालको तयारी कमजोर

संयुक्त राष्ट्र संघले पहिलोपटक आयोजना गर्न लागेको विश्वव्यापी आप्रवासन साझेदारीमा नेपालको तयारी कमजोर देखिएको छ ।

भारत र चीनसँग सम्बन्धको नयाँ आधार : 'त्रिदेशीय साझेदारी'

'देशगत रणनीति तर्जुमा गरी मित्र राष्ट्रहरुसँगको सम्बन्ध विस्तार र सुदृढीकरण गर्दै लगिनेछ। आर्थिक महाशक्तिका रुपमा उदीयमान दुई विशाल छिमेकी (भारत र चीन) सँगको त्रिदेशीय साझेदारी अभिवृद्धि गर्न पहल गर्दै राष्ट्रिय समृद्धि हासिल गर्न जोड दिइनेछ।'

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत केन्या र नेपालबीचको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ११५ रनको साझेदारी गरेका छन्। ओपनर ब्याट्सम्यानको रुपमा मैदानमा आएका मल्लले लगातार नेपालको दुई विकेट झरेपछि ऐरीसँग सम्हालिएर साझेदारी सुरु गरेका थिए। यो साझेदारी प्रतियोगिताकै यो उच्च हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्