११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वायु प्रदूषण जाँच्न नयाँ मापदण्डः दबाबमा नेपाल

डब्लुएचओले तोकेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई घटाइएको छ। डब्लुएचओले नयाँ मानक तोकेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।

आयुर्वेदमा बिरामीको चापः उपकरण नहुँदा सेवा प्रवाहमा समस्या

विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ। बिरामीको चाप अनुसार आवश्यक स्वास्थ्य उपकरण र पर्याप्त पूर्वाधार नहुँदा बिरामीलाई उपचार सेवा दिन समस्या भएको छ।

एक करोड बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफले एक करोड बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ।

थप १ हजार २३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

खोप उत्पादन बढाउने पाँच उपाय

अर्काे चुनौती भनेको खोपको बौद्धिक सम्पत्ति अधिकार हो। केही राष्ट्रले खोप उत्पादन प्रविधिलाई आफ्नो बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत राख्न चाहेका छन्। यसरी महामारीले विश्वव्यापी संकट निम्ताए पनि जीवन रक्षक मानिएका औषधिलाई निजी स्वामित्वमा राख्न खोजिएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक घट्दै

गत २४ घन्ठटामा दुवै थरिका नमुना गरी १३ हजार ८ सय १७ वटा नमुना परीक्षण भएकोमा १ हजार ९५ जनामा कोरोना पुष्टि भएको थियो भने १० हजार ७ सय ८६ वटा पिसिआर परीक्षण भएकोमा ९ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो।

२८ बुंदे लन्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

महामारी युगमा सम्पूर्ण स्वास्थ्य मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ।

इन्द्रजात्राको रौनक: स्वास्थ्य मापदण्ड पालनामा चुनौती

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ।

लन्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु

शनिबार यहाँस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात गरिएको छ।

१ हजार ६६ नयाँ संक्रमित, १६ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै शनिबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

असोज ४ गतेदेखि भेरोसेलको दोस्रो मात्राको खोप

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो। कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तिमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाएको छ।

कोरोनाबाट ११ हजारभन्दा बढीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार ११ हजार बढी पुगेको छ। गत चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ।

सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको हस्तक्षेप : अध्ययन

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामै कमजोर रहेको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्