२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

‘बुलेट एसी’ बस सेवा सञ्चालन

विराटनगरसहित प्रदेश १ का धरान र काकडभिट्टाबाट काठमाडौंका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ। बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि समेत काठमाडौंबाट सो बस सञ्चालन गर्ने भएको हो। विराटनगर–काठमाडौंका लागि १७ सय ५५ रूपैयाँ पर्ने बुलेट बसको भाडालाई दसैं अफरका रूपमा एक हजार पाँच सय रूपैयाँ कायम गरिएको छ।

बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ। यात्रुका लागि कम्पनीले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने छ। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामग्री किटमा समावेश गरिएको हुन्छ। किट उपलब्ध गराएबापत यात्रुले छुट्टै रकम बुझाउनु पर्नेछैन। १० करोड ५० लाख रूपैयाँ लागतमा सञ्चालित बुलेट बसमा हवाईजहाजको जत्तिकै सुविधा रहेको कम्पनीले दाबी गरेको छ। बुलेट बस सञ्चालक समूहले २७ सिट र बस २/१ सोफा लक्जरी सिटसहितका बस सञ्चालनको तयारीसमेत गरेको छ। 

प्रकाशित: ६ आश्विन २०७८ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App