coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सरकारमा जान साना दलको दौडधुप

राप्रपा, नेकपा संयुक्त, परिवार दल, समाजवादी जनता पार्टी र अखण्ड पार्टी सरकारीमा जाने गृहकार्यमा ।

प्रदेश नम्बर ४ : आकांक्षीको दौडधुपले राजनीतिक सरगर्मी

स्थानीय तह निर्वाचनमा नगरपालिकाहरूमा मेयरका  आकांक्षीको दौडधूपसँगै राजनीतिक सरगर्मी पनि बढेको छ। युवा र पाका दुवै पुस्ताले नगरपालिकाको नेतृत्व लिने आकांक्षा देखाइरहेका छन्।  चुनाव मिति  नजिकिँदै आउँदा धौलागिरि अञ्चलका पर्वत, बागलुङ र म्याग्दीका नगरपालिकामा उम्मेदवारको चर्चा पनि  बढेको छ।

टिकटका लागि दौडधुप

निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी माहोल बढ्दै गएको छ। आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा जिल्लाका विभिन्न नगरपालिकामा नगर प्रमुखमा नेतृत्व लिन दलहरू आ–आफ्नो चुनावी कसरतमा लागेका छन्।

पोखरा-लेखनाथ महानगरमा उम्मेदवार बन्न दौडधुप

पोखरा-लेखनाथ महानगरपालिका बनेपछिको पहिलो निर्वाचनमार्फत महानगर प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बन्ने आकांक्षा बोकेका राजनीतिक दलका नेताबीच उम्मेदवारीको दौडधुप सुरु भएको छ। महानगरको पहिलो मेयर र उपमेयर बन्ने चाहना बोकेका नेताहरु अहिले आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक लबिङमा व्यस्त छन्।

दिनरात नभनी चुनावी दौडधुपमा दलहरू

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा खोटाङका दलहरूले चुनावी गतिविधिलाई प्रतिस्पर्धात्मकरुपमा तिव्रता दिएका छन् ।

निकास खोज्न दाहालको दौडधुप

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई व्यवस्थापिका संसद्ले प्रक्रियाका रूपमा अघि बढाएलगत्तै सहज निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको दौडधुप बढेको छ।

राम्रा मन्त्रालय पाउन सचिवको दौडधुप

सरकारले पूर्णता नपाउँदै गृह, अर्थ, स्थानीय विकास, शिक्षालगायत राम्रा मन्त्रालयको जिम्मेवारी पाउन सचिवहरूको दौडधुप सुरु भएको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै पुष्पकमल दाहालले कुनै पनि मन्त्रीलाई सचिव रोज्न नदिने र हेरफेर नगर्ने बताए पनि सरकार गठन भएको तीन साता नबित्दै महत्वपूर्ण मन्त्रालयमा जान सचिवको दौडधुप सुरु भएको हो।

मन्त्री बन्न दौडधुप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएपछि माओवादी, नेपाली कांग्रेसलगायत दलभित्र को मन्त्री बन्ने भन्नेबारे  दौडधुप सुरु भएको छ। कांग्रेस–माओवादी गठबन्धनमा दाहाल प्रधानमन्त्री बन्ने तयारी भइरहेका बेला मन्त्री बन्न माओवादी नेताहरूले दौडधुप तीव्र पारेको स्रोतको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्