४ वैशाख २०८१ मंगलबार

प्रहरीकै भरमा निषेधाज्ञा, अटेरी गर्नेको संख्या बढ्दै

नेपाल प्रहरीका अनुसार १५ हजार भन्दा बढी प्रहरी सुरक्षाकर्मी निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्। कोरोना संक्रमण बढिरहेको बेला ओहोरदोहोर गर्नेको संख्या बढेपछि आइतबारदेखि प्रहरीले उपत्यकासँगै देशभरका विभिन्न जिल्ला भइरहेका प्रहरी चेकिङ थप कडाइ गरेको छ। सामान्य परिचयपत्रका आधारमा निषेधाज्ञाको अवज्ञा गर्नेको संख्या बढेपछि प्रहरीले कडाइ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्