१० मंसिर २०८१ सोमबार
image/svg+xml

खेतीमा हाल्न मल नदिनेलाई कसरी मत दिने?

मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन्।

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

पानीका देवता इन्द्रलाई गुहार्नुपर्दा

वर्षाको अभावमा खेत, पोखरी, वन–प्रान्तर सुकिसकेका छन्। पानीको अभावमा परम्परागत सामाजिक आहारविहार बाधित हुन पुगेका छन्। मैत्रेय ब्राह्मणहरू पानीको अभावमा राम्रोसँग नुहाउन सकेका छैनन्।

खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाउन कानुन अभाव

‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लाई संघीय संरचनाका हिसाबले अद्यावधिक गर्न प्रदेश र स्थानीय तहसँग छलफलमा छौं र प्रस्तावित ऐनको मस्यौदा तीन–चार महिनामा तयार हुनेछ,’ संघीय मामिला मन्त्रालयअन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्य भन्छन्।

कर्णालीमा जहिल्यै पाठ्यपुस्तकको अभाव

कालिकोटका पुस्तक व्यवसायी वीरेन्द्र शाहीले जनक शिक्षाको सुर्खेतस्थित कार्यालयमै पाठ्यपुस्तक अभाव रहेकाले ल्याउन नसकिएको बताए।

आयोजना सकियो पानी आएन

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ। माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन्।

चितवनमा रगत अभाव, काठमाडौं र पोखराबाट ल्याइँदै

चितवनमा रगतको अभावपछि आज काठमाडौं र पोखराबाट ल्याइँदैछ। पोखराबाट ४०० र काठमाडौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो।

पोखरेलीहरू अस्वस्थकर मासु खान बाध्य

वधशाला निर्माणका लागि लाग्ने २४ करोड रूपैयाँमध्ये संघ सरकारले १० करोड, प्रदेश सरकारले ५ करोड दिने सम्झौता नै भइसकेको छ। त्यसबाहेक हेफर नेपालले नौ करोड रूपैयाँ मूल्य बराबर को वधशालाका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। बाँकी अपुग हुने स्थितिमा महानगर आफैंले बेहोर्ने भनिएको थियो।

सुर्खेतमा पेट्रोल अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोल अभाव अँझै हट्न सकेको छैन। भारतीय नाकाबाट तेल नआउँदा ५ दिनदेखि पेट्रोलको अभाव भएको हो।

पानी अभावमा रन्थनिँदै ब्राह्मण र शाही बस्ती

हिउँद र बर्खा लाग्यो कि पचालझरना गाउँपालिका ५ राम्नाकोटका बासिन्दालाई पिरलो थपिन्छ। खोनेपानीको जोहो कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्