१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ

प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

‘ओभरलोड’ टिप्परका कारण पोखराको ड्यामसाईडमा सडक भासियो

पोखराको पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ। बालुवा बोकेको ग १ ख ४३६३ नम्बरको टिप्पर पुल क्रस गरेर अगाडि बढ्ने क्रममा सडक भत्किएको हो। ओभरलोडका कारण सडक भासिएको स्थानियको भनाई छ।

असुरक्षित बन्दै सडक यात्राः टिप्परको ठक्करले कार चालकको ज्यान गयो, प्रहरी भन्छ कारकै गल्ती

घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

कर्णालीमा टिप्पर खस्दा दुई जना बेपत्ता

लमहीबाट जुम्लातिर सिमेन्ट लिएर गएको बा५ख २१८३ नम्वरको टिप्पर राजमार्गबाट कर्णाली नदिमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन्। सडकदेखि १ सय ५० मिटर तल टिप्पर खसेको दैलेख प्रहरीले जनाएको छ।

टिप्परले बसलाई ठक्कर दिँदा २ बालिकाको मृत्यु

रुपन्देहीको कोटिहवामा टिप्परले बिबाहको बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

'ब्याक' गरेर किच्दा एक जनाको घटनास्थलमै मृत्यु

बस पर्खेर बसेका एक जना जेष्ठ नागरिकलाई धरान-इटहरी सडक खण्डमा आइतबार दिउँसो टिप्परले ब्याक गरेर किच्दा मृत्यु भएको छ।

ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ। प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो।

भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।

टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु श्रीमान घाइते

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। तानसेन नगरपालिका(७, लामीडाडाँमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन–७, का ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको हो।

टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन्।

टिपरको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

तीन दिनदेखिको आन्दोलन सहमतिमा टुंगियो

टिप्परको ठक्करबाट युवकको मृत्यु भएपछि तीन दिनदेखि वीरेन्द्रनगरमा जारी आन्दोलन बिहीबार पाँच बुँदे सहमतिमा टुंगिएको छ।

टिप्परले किच्दा एकको मृत्यु

वीरेन्द्रनगरमा टिपरले किच्दा मंगलबार बिहान एकजनाको घटनास्थलमै मृत्यु भएको छ। वीरेन्द्रनगरस्थित रत्न राजमार्ग खण्डमा बाङेसिमलदेखि मंगलगढी आउँदै गरेको टिपरले किच्दा कालीकोट महावै गाउँपालिका–३, सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएको हो।

टिप्परको ठक्करले मोटरसाइकलमा आगलागी

उदयपुरको साउनेमा शनिबार बिहान टिप्परले ठक्कर दिँदा एउटा मोटरसाइकल आगो लागेर ध्वस्त भएको छ। बिहान १० बजेको समयमा त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा केही माथि ना १ क ७६९९ टिप्परले ठक्कर दिँदा स ८ प ६७०० को मोटरसाइकलमा आफैं आगो लागेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको हो।

टिप्परकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु

मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्