नयाँ संसदको अधिवेशन आगामी चैत १८ गतेलाई डाक्ने तयारी भएको छ ।
सरकारले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई पत्र लेखेपछि राष्ट्रपतिले संसद अधिवेशनको आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
अधिवेशन आह्वान गर्दा सामान्यतया एक साताको समय दिएर गर्नुपर्ने प्रावधान रहेको छ।
बैठक आह्वान भएको दिन राष्ट्रपतिले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू पढेर सुनाउने, दलका नेताहरूले बोल्न चाहेको खण्डमा शुभकामना मन्तव्यका लागि समय दिने लगायतका कार्यसूची राख्ने विगतका अभ्यान छन् ।
संसदको पहिलो बैठक पनि सिंहदरबारमै हुने भएको छ । नवनिर्वाचित सांसदलाई पद तथा गोपनियताको शपथ गराएको हलमै संसद बैठक बस्नेत गरी तयारी गरिएको छ ।
नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस संविधान बमोजिम राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछन् ।
प्रकाशित: १४ चैत्र २०८२ १५:५५ शनिबार





