१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

एनटिसीको मोबाइल नेटवर्क र डेटा सेवामा समस्या

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिकमका धेरैजसो प्रयोगकर्ताहरूले फोन कल गर्न र मोबाइल डेटा चलाउन नसकेको गुनासो गरेका छन्।

नेटवर्कमा देखिएको समस्यामा कारण मोबाइलमा टावर देखाए पनि फोन गर्दा कल नलाग्ने र डेटा अन गर्दा इन्टरनेट नचल्ने समस्या देखिएको हो।

टेलिकमले नेटवर्क अवरुद्ध हुनुको यकिन कारणबारे आधिकारिक जानकारी दिएको छैन।

प्रकाशित: १४ चैत्र २०८२ १५:४१ शनिबार