१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिकोबाट हराएकामध्ये ४० हजार जना जीवित रहेका अनुमान

मेक्सिको सरकारले मार्च २८ मा नयाँ प्रतिवेदन जारी गर्दै एक लाख ३० हजार हराएका व्यक्तिहरूमध्ये करिब ४० हजार ३६७ जनामा अझै जीवित हुने सङ्केत भेटिएको जनाएको छ।  

सरकारले भ्याक्सिनेशन अभिलेख, जन्मरविवाह दर्ता, कर अभिलेखजस्ता स्रोतहरूसँग मिलाएर ती व्यक्तिहरूको गतिविधि पत्ता लगाएको बताएको छ।  यस्तै, पाँच हजार २६९ जनालाई फेला पारेर ‘फेला परेका’ भनेर मार्क गरिएको छ।

सुरक्षा अधिकारी मार्केला फिगुएरोआले कतिपय हराउने घटनालाई स्वैच्छिक अनुपस्थितिको रूपमा व्याख्या गरेका छन्। तर खोजी समूहका अगुवा हेक्तोर फ्लोरेसले सरकारले तथ्याङ्कलाई भ्रामक ढङ्गले प्रस्तुत गरेको र वास्तविक समस्या लुकाउने प्रयास गरेको आरोप लगाएका छन्।  

प्रतिवेदन अनुसार करिब ४६ हजार (३६%) हराएका व्यक्तिहरूको अभिलेख अपूर्ण छ र ४३ हजार १२८ (३३%) का नाममा कुनै गतिविधि छैन, जसमा १०% भन्दा कम मात्र आपराधिक अनुसन्धानमा छन्।

मेक्सिकोमा हराउने घटनाहरू कर्तेल हिंसा र द्वन्द्वसँग जोडिएका छन्, कतिपय अवस्थामा राज्य निकायको संलग्नता समेत देखिएको छ।

मानवअधिकार समूहहरूले भने सरकारले आफ्नो जिम्मेवारी कम गरेको र पारिवारिक खोजीलाई अझ कठिन बनाएको बताएका छन्।

प्रकाशित: १४ चैत्र २०८२ १५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App