नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिकमका धेरैजसो प्रयोगकर्ताहरूले फोन कल गर्न र मोबाइल डेटा चलाउन नसकेको गुनासो गरेका छन्।
नेटवर्कमा देखिएको समस्यामा कारण मोबाइलमा टावर देखाए पनि फोन गर्दा कल नलाग्ने र डेटा अन गर्दा इन्टरनेट नचल्ने समस्या देखिएको हो।
टेलिकमले नेटवर्क अवरुद्ध हुनुको यकिन कारणबारे आधिकारिक जानकारी दिएको छैन।
प्रकाशित: १४ चैत्र २०८२ १५:४१ शनिबार

