पछिल्लो एक हप्तामा इरानी आक्रमणबाट २९ अमेरिकी सैनिक घाइते भएका छन्। टाइम्स अफ इजरायलले उद्धृत गरेको स्रोतका अनुसार इरानी आक्रमणबाट २९ अमेरिकी सैनिक घाइते भएका हुन्।
इरानले शुक्रबार राति साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा छ वटा ब्यालिस्टिक मिसाइल र २९ ड्रोन प्रहार गरेको छ। आक्रमणमा कम्तिमा १५ सैनिक घाइते भएका छन्। जसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यद्यपी, अमेरिकी अधिकारीहरूले भने १० सैनिक घाइते भएका र जसमध्ये दुई जना गम्भीर रहेका बताएका छन्।
यस हप्ताको सुरुमा उक्त एयरबेसमा दुई पटक आक्रमण भएको थियो। जसमा १४ अमेरिकी सैनिक घाइते भएका थिए।
प्रिन्स सुल्तान एयर बेस साउदी राजधानी रियादबाट लगभग ९६ किलोमिटर टाढा अवस्थित छ। यो बेस साउदी वायुसेनाको नियन्त्रणमा भएपनि अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ।
प्रकाशित: १४ चैत्र २०८२ १५:०८ शनिबार





