८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मलाई तराईमा पस्न नदिए पनि पानी पसाइदिन्छु : प्रधानमन्त्री ओली

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीमा देखापरेको विभाजनप्रति लक्षित गर्दै पिलो निचोरिँदैमा शरीरको ओजन नघट्ने बताए। उनले केहीकेही पिलो निचोरिएर तथा उछिट्टिएर जाने भएकाले चिन्ता नगर्न कार्यकतालाई आग्रह गरे। उनले पार्टी एकताको प्रयासमा प्रहार भएको भन्दै हावाहुरीले हाँगा भाँच्ने र केहीकेही ठाँउमा पहिरो खस्ने बताए।

प्रधानमन्त्रीका पक्षमा ९२ सांसद, अबको प्रधानमन्त्री पनि ओली नै हुन्ः महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन्।

आउँदो चुनावमा दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो हसज भने नहुने बताएका हुन्।

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको प्रस्तावित बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन प्राप्त गर्ने बताएका छन्। दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालको मंगलबार झापाकाे बिर्तामोडमा उद्घाटन गर्दै ओलीले सम्बन्धनका लागि प्रक्रिया अघि बढेको र बिएन्डसीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने दाबी गरे।

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।

‘जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहबाहेकका केन्द्रीय सदस्यहरूलाई कुनै पनि बेला हटाउन सक्ने चेतावनी दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफू पक्षीय समूहको गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रमुख सचेतक देव गुरुङलाई पहिले आफैंले राखेर पछि हटाएको उदाहरण दिए।

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : राजनीतिक चालबाजी कि साँच्चिकै हो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दोहोर्‍याउँदै आएका छन्। उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ।

आराम कम गरेर भएपनि काम गरेका छौः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विकासमा फड्को मारेको बताएका छन् । दुनियाँका धेरै देशले गर्न नसकेको प्रगति नेपालले गरेको पनि बताए ।

प्रधानमन्त्री ओली पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

सन्की प्रधानमन्त्रीलाई हटाउन नसके संसद्ले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्नेछ : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गरेका छन्। प्रचण्ड–नेपाल निकट प्रेस संगठन नेपालले जनकपुरमा आइतबार आयोजना गरेको प्रदेश २ स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले ‘सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई प्रतिनिधिसभाले तह लगाउने’ जिकिर गरे।

माटोको उर्वराशक्ति थाहा पाउन नयाँ प्रविधि

माटोको उर्वराशक्ति पत्ता लगाउन प्रयोगशाला धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिपिएस प्रणालीबाट सफ्टवेयरको माध्यमबाट माटोमा भएको तत्व हेर्न सकिने प्रविधि विकास गरेको छ ।

देउवासँग दाहाल–नेपालको प्रस्तावः नयाँ सरकारमा सहकार्य गरौं

संसद्मा झन्डै दुईतिहाइ बहुमतनजिक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि नयाँ सरकार कसरी बन्छ र चल्छ भन्ने अन्योल कायमै रहेका बेला दाहाल–नेपाल समूहले सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेको छ । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकारमा सहकार्य गर्न कांग्रेस सभापति देउवासँग प्रस्ताव गरेको हो ।

संसद् पुनर्स्थापना भए तमासा सुरु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुने बताएका छन्। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सोमबार भने, ‘विघटित संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुनेछ।

किन भेटे सेनापतिले प्रधानन्यायाधीशलाई

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने पुस ५ को कदम अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने विषयमा बहस सकिएर फैसला आउने क्रममा छ। केही दिनभित्रै यस विषयमा फैसला आउने अनुमान भइरहेका बेला सोमबार दिउँसो प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन्।

धमाधम चुनावलक्षित शिलान्यास

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्