२१ आश्विन २०८१ सोमबार
image/svg+xml

छैन राहत, नेता मात्र थुप्रिए

तर बिहान उज्यालो हुन नपाउँदै केन्द्र र मन्त्रीदेखि पार्टीका नेता अवलोकन र उद्धारका नाममा प्रभावित क्षेत्र गए। घटनाको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली पनि घटनास्थल पुगे। उनी गृहजिल्ला झापामा थिए। त्यहाँको कार्यक्रम छाडेर उनी बारा–पर्साको प्रभावित क्षेत्रमा निक्लिएका थिए।

अछाममा चट्याङले लागेर १५ जना घाइते, ७ को अवस्था गम्भीर

सोमबार राति हावाहुरीसंगै आएको चट्याङले लागेर अछाममा १५ जना घाइते भएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका ९ कालेकाडाको तामकोटका ११ जना र रामारोशन गाउँपालिका ५ सल्लीसैनका ४ जना गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

सहयाेगमा जुटाैँ

बारा र पर्सामा आइतबार बेलुकी आएको भयानक हावाहुरीले गरेको जनधन क्षतिले मुलुकलाई गम्भीर पीडामा पारेको छ। थोरै समय चलेको हावाहुरीले तराई–मधेसका यी दुई जिल्लामा गरेको यति धेरै क्षति देशमा सम्भवतः पहिलोपटक भएको हो। हाम्रो मुलुकमा कुनै न कुनै प्राकृतिक विपत्ति सामना गरिरहनुपरेको भए पनि तराई–मधेसमा यसरी हावाहुरी आएको अहिलेसम्म थाहा थिएन। सुक्खा खडेरी लाग्नु, बाढी आउनु र हिउँदमा शीतलहरको सामना गर्नु नियमितजस्तै थिए तर यो घटनाले भविष्यका निम्ति हावाहुरीले ल्याउनसक्ने सम्भावित विपद्बारे पनि तयारी गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

कांग्रेसले हावाहुरी पीडितलाई ३५ लाख दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरु हावाहुरी पीडितको स्थलगत भ्रमणमा रहेका छन्।  स्थलगत भ्रमण रहेको क्रममा सभापति देउवाले पीडितहरुलाई कांग्रेसको केन्द्रीय कार्यालयले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरका छन्।

वीरगञ्ज पुगेर देउवाले भेटे घाइते

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरीका कारण घाइते भएकालाई भेटेका छन्। वीरगञ्जस्थित नारायणी अञ्चल अस्पताल पुगेर सभापति देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन्।

हुरीकाे असर : मदरसा भत्किदा बालबालिकाकाे पढाइ प्रभावित

आइबतार साँझ आएको हावाहुरीले बारास्थित फेटा गाउँपालिकाको चार सय बढी घर भत्कायो। करिब २८ जनाको ज्यानको ज्यान गयौं। सयौं घाइते भए। घरसँग मुस्लिमकहरूको धार्मिक स्थल मस्जिद र उनीहरू पढ्ने मदरसा पनि भत्कियो।

अस्थायी टहरा निर्माण थाल्यो सेनाले

हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि स्थायी टहरा निर्माण सुरु गरेको छ। फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो।

हुन्डरीले लग्यो एकै परिवारका चार सदस्य

भत्किएका घरका सामान असरल्ल छन्। भान्साका सामग्री छरपस्ट छन्। घरको भग्नावशेषमा सामान भेटिने छाँट छैन। आइतबारको भीषण हुन्डरीमा परिवारका सातमध्ये चार सदस्य गुमाउने फेटाका ७० वर्षीय इजहार अन्सारी नयाँ मान्छे भेट्नेबित्तिकै बिलौना गर्छन्। उनी एक्लै बर्बराइरहन्छन्।

बबन्डरले टुक्रयायो घरपरिवार

फेटा गाउँपालिका ६ पुरैनियानिवासी ४५ वर्षीय फैजुलहक मियाँ ठकुराई सोमबार दिनभर हावाहुरीले लडाएको घरमा टोलाएर बसेका थिए। आइतबार साँझ अचानक आएको हावाहुरीले फैजुलको अर्धपक्की घर ध्वस्तमात्र पारेन, जीवनसँगिनीसहित परिवारका दुई सदस्यसमेत उनले गुमाए।

हावाहुरीको पूर्वानुमान उपकरण नेपालमा अभाव

बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो। त्यसको केही समयपछि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन। सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ। त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाइ छ।

एक मिनटमै सोत्तर भयो गाउँ

आइतबार साँझ करिब पौने आठ बजेतिर आएको विनाशकारी हावाहुरी थामिए पनि त्यसले पुरैनियावासीलाई सोत्तर बनाएर छाडेको छ। फेटा चोकबाट गाउँमा पस्ने मूल बाटोबाट पुरैनियातिर प्रवेश गर्नेबित्तिकै ढलेका रुख, जरैबाट उखेलिएका बाँसका घारी देखिन्छन्।

बारा र पर्सा हुन्डरीको बबन्डर

आइतबार साँझ आएको भीषण हुन्डरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ। बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

बारा पुगेर नेता खतिवडाले भने – अवस्था हामीले कल्पना गरेभन्दा बाहिर छ

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हावाहुरीबाट प्रभावित क्षेत्र कल्पना बाहिर रहेको बताएका छन्।

मैले यस्ताे विपत्ति कहिल्यै देखेकाे थिइनँ : मन्त्री साेनल

आइतबार बेलुका फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादको घरमा धेरैको झमघट थियो। स्वर्गारोहण भएकी आफ्नी आमाको नाममा अमिरीलालले भोजको आयोजना गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्