७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले हावाहुरी पीडितलाई ३५ लाख दिने

बारा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरु हावाहुरी पीडितको स्थलगत भ्रमणमा रहेका छन्। स्थलगत भ्रमण रहेको क्रममा सभापति देउवाले पीडितहरुलाई कांग्रेसको केन्द्रीय कार्यालयले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरका छन्।

यसअघि  सोमबार कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को कांग्रेस कार्यालये १० लाख सहयोग गर्ने घोषणा गरेका थिए। यस्तै, कांग्रेसका सांसदहरुले दुई दिनको तलब पीडितलाई दिने निर्णय गरिसकेका छन्।

प्रभावित क्षेत्र पुगेका सभापति देउवाले पीडितलाई भेटेका छन्। उनले आँधीबाट घाइते बनेकालाई अस्पतालमा पुगेर भेट्दै राहतका लागि पहल गर्ने आश्वासनसमेत दिएका छन्।

प्रकाशित: १९ चैत्र २०७५ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App