२१ आश्विन २०८१ सोमबार
image/svg+xml

परिवारका ४ सदस्य गुमाएका अन्सारी भन्छन्, ‘हेर्दाहेर्दै घर नै चिहान भयो’

फेटा गाउँपालिकाका भुवार अन्सारी आइतबार साँझ खाना खान परिवारका ६ जना सदस्यसहित घरभित्र प्रवेश गरेका थिए। घरमा प्रवेश गरेको केही मिनटमै भीषण हावाहुरी चल्यो। घर भत्कायो। घर भत्किँदा भुवारसहित सातै जना पुरिए। तर, उनी बल्लतल्ल जिवित निस्किन सफल भए।

टिचिङ पुगेर घाइते भेटे कांग्रेस नेता पौडेलले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार राति बारा र पर्सामा आएको  हावाहुरीको कारण गम्भीर घाइते भएर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

हावाहुरी पीडितलाई कांग्रेस सांसदले दुई दिनको तलब दिने

कांग्रेस संसदीय दलको सोमबारको बैठकले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहतस्वरुप पार्टीबाट संघीय संसदबाट प्रतिनिधित्व गर्ने सांसदहरुको २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

नेकपा सांसदले एक दिनको तलब पीडितलाई दिने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ।

विप्लवको कार्यकर्तालाई निर्देशन–उद्धारमा खट्नुहोस्

हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि खट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै घटनाका पीडितको सहयोगका लागि जुट्न निर्देशन दिएका हुन्।

राहतका लागि राजपाले पाँच लाख दिने

बारा र पर्सामा आएको हावाहुरीका कारण ज्यान गुमाएका परिवार तथा अन्य पीडितका लागि राष्ट्रिय जनता पार्टी नेपालले पाँच लाख राहत उपलब्ध गराउने भएको छ। राजपाले एक विज्ञप्ति जारी गर्दै घटनाका पीडितलाई उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

विपद् जोखिम न्यूनिकरणको पूर्वतयारी कति ?

आइतबार साँझ बारा - पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। बारा, पर्सा, रौतहटजस्ता जिल्लामा आएको हुन्डरीले धेरैको बेहाल भयो। वास उठाइदियो। अन्नबाली सखाप भयो। घटनामा २८ जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय भन्दा बढी घाइते भएका छन्।

पीडितको सहयोगका लागि मुख्यमन्त्री राहत कोष

प्रदेश २ सरकारले हावाहुरीबाट पीडित बनेकाको सहयोगका लागि राहत कोष स्थापना गरेको छ। प्रदेश सरकारले पीडितको सहयोगका लागि मुख्यमन्त्री राहत कोष स्थापना गरेको हो।

मौसम पूर्वानुमानले किन गरेन हावाहुरीको पूर्वानुमान?

महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आवश्यक जनशक्ति र प्रविधिको अभावमा यस्तो अनुमान गर्न नसकिएको हो।  ‘हामीले मेघगर्जन सहितको हावाहुरी आउँछ भनेर पूर्वानुमान गरेका त थियौं’, कँडेल भन्छिन्, ‘तर, यो जिल्लामा यति गतिको हावाहुरी आउँछ भन्नलाई हामीसँग आवश्यक जनशक्ति र प्रविधि छैन।’

घाइतेको उपचारमा कुनै कमी नहोस् : सभामुख महरा

प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले हावाहुरीका कारण घाइते भएकाको उपचारमा कुनै कमी नगर्न सरकारसँग आग्रह गरेका छन्।

शिक्षण अस्पताल पुगेर शिक्षामन्त्रीले भने–'उपचार खर्चको चिन्ता लिनु पर्दैन'

बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका मध्ये ७ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले भेट गरेका छन।

प्रभावित क्षेत्र पुगे मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हावाहुरीका कारण घाइते भएकालाई भेटेका छन्। बाराको जिल्ला अस्पताल कलैयामा पुगेर घाइतेको अवस्था बुझेका हुन्।

हावाहुरीबाट घाइते ७ जनाकाे शिक्षण अस्पतालमा उपचार हुँदै

बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका ७ जनाकाे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेकाे छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइ शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे।

उद्धारमा जुटौं : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न आग्रह गरेका छन्। नेता पौडेलले बारा र पर्सामा हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न कांग्रेस कार्यकर्ता र आम नेपालीलाई आग्रह गरेका छन्।

क्षति भएका संरचना सरकारले बनाउँछ : गृहसचिव राई (भिडियो)

गृहसचिव प्रेमकुमार राईले बारा र पर्सामा हावाहुरीका कारण क्षति भएको भौतिक संरचना निर्माण सरकारले गरी दिने बताएका छन्। बाराको फेटामा पीडितलाई भेट्न र क्षतिको अवलोकन गर्न पुगेका गृहसचिव राईले सरकारले पीडितलाई राहत उपलब्ध गराउनुका साथै भत्किएका भौतिक संरचना निर्माण गर्ने आश्वासन दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्