२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २६ जनाको नाम सार्वजनिक गरेको छ। मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ।

विस्थापितलाई तत्काल पुनर्स्थापना गर : कांग्रेस

नेपाली कांग्रेसले बारा र पर्सामा हावाहुरीले विस्थापित बनेको परिवारलाई तत्काल पुनर्स्थापनाका लागि सरकारसँग आग्रह गरेको छ।

हावाहुरीले दुई मिनेटमा खण्डहर बन्यो पुरैनिया

आईतबार साँझ ७ बजे तिर दुई मिनेट चलेको हुरीले फेटा गाउँपालिका-३, पुरैनिया गाउँ खण्डहर बनेको छ। पुरैनिया निवासी ७२ वर्षीय सफी मोहम्मदले भने, "एक्कासी आगोको गोला जस्तो सट्टै आयो केही थाहा भएन, दुई मिनेटजति अन्धकार भयो, पछि देख्दा त गाउँ नै ध्वस्त भईसकेछ।"

गृहसचिवसहितको टोली घटनास्थलमा

गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको टोली बार र पर्सा पुगेको छ। हावाहुरीबाट भएको क्षति बुझ्न टोली बारा र पर्सा पुगेको हो।

पीडितलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेस नेता पौडेलको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हावाहुरीका कारण पीडित बनेका बारा र पर्साका पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रदेश सभाको बैठक स्थगित, राहत र पुनर्स्थापनाको लागि समिति

बारा र पर्सामा विध्वंसात्मक हावाहुरी आएपछि प्रदेश नम्बर दुईको प्रदेश सभा बैठक स्थगित भएको छ। मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दै सभामुख सरोजकुमार यादवले पूर्वनिर्धारित तालिका बमोजिम सोमबार दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठक स्थगित गरेको बताए।

हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याइयो

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको हेलिप्टर मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

हावाहुरीका कारण एकै परिवारका चार जनाको मृत्यु

भीषण हावाहुरीका कारण बारामा एकै परिवारका चार जनाको ज्यान गएको छ। फेटा गाउँपालिका पुरैनियामा इजहार मियाको श्रीमती, बुहारी र नातिनी गरि चार जनाको ज्यान गएको स्थानीय फैयाज आलमले बताए।

प्रधानमन्त्रीले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर बारा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कार्यक्रम स्थगित गरेर भीषण हावाहुरीले प्रभावित जिल्ला बारा तर्फ जान लागेका छन्। गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर बारा तर्फ जान लागेका हुन्।

मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने घाेषणा

भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएपछि प्रदेश २ को सरकारले गहिरो दुःख प्रकट गर्दै क्षतिपूर्ति दिने घाेषणा गरेकाे छ।

मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने नेकपाको माग

भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएपछि नेपाल कम्युनिष्ट पार्टी पार्टी प्रदेश नं. २ को कमिटीले क्षतिपूर्ति माग गरेको छ।

हावाहुरीले बारा र पर्सा तहसनहस (फोटोफिचर)

भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति हुनुको साथै करोडौँको भौतिक क्षति भएको छ। गएरातिको हावाहुरीले बाराको भरबालिया भन्ने स्थानमा पक्की घर बाहेक सबै घरमा क्षति पुगेको छ।

प्रदेश नम्बर दुईको मन्त्रिपरिषद बैठक बोलाइयो

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरी पछि दुई नम्बर प्रदेश सरकारले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएको छ।

वीरगन्जका अस्पतालमा घाइतेको चाप

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कलैया र वीरगन्जका अस्पतालमा घाइतेको चाप बढेको छ। पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्