९ आश्विन २०८१ बुधबार
image/svg+xml

कतै उत्साह, कतै निराशा

सुर्खेतको भेरीगंगा नगरपालिका–३ रामघाटकी नवीना विकले पहिलोपटक पार्टीका ‘ठूला नेता’सँग प्रत्यक्ष संवाद गर्ने मौका पाइन्। केही दिनअघि पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजित जनजागरण अभियान कार्यक्रममा उनले पार्टीले चुनाव हार्नुमा नेताहरूकै कमजोरी भएको औल्याइन्। ‘पार्टीका नेता र जनप्रतिनिधिहरू चुनाव र भोजमा मात्रै गाउँ आउन थाले’ उनले मञ्चमा रहेका नेताहरूलाई भनिन्, ‘जनताको पीडामा मल्हम लगाउने र सुख, दुःखको साथी नबन्दासम्म कांग्रेसले आफ्नो गति समात्न सक्दैन।’

नौ वर्षमा पनि बनेन मैनावती पुल

२०६७ सालमा सिरहाको मैनावती नदीमा पुल शिलान्यास हुँदा सो भेगका बासिन्दा कम्ती खुसी भएनन्। पुल निर्माणले महेन्द्र राजमार्गछेउछाउका सहरसँग भित्री गाउँको सोझो सम्बन्ध स्थापना गर्नेमा सबै ढुक्क थिए त्यतिबेला। तर नौ वर्ष बित्दा पनि गाउँ र सहर जोड्ने दु्रुत सम्पर्क सेतुका रूपमा हेरिएको पुल निर्माण नथालिँदा गाउँवासी र सहरवासीमा चरम निराशा मात्रै छाएको छैन, आक्रोशसमेत पैदा भएको छ। निराशा र आक्रोशको कारण हो, यस भेगका जनतामा पञ्चायतदेखिकै पुलबाट नदी तर्ने सपना बारम्बार तुहिँदै जानु।

नेतृत्वप्रति बढ्दै निराशा

समृद्धिको नारा दिँदै सरकारले भर्खैरै लगानी सम्मेलन सम्पन्न गरेको छ। १५ आयोजनामा सम्झौता/सहमति पत्रमा हस्ताक्षर भएको समाचार आएको छ। ती आयोजना यातायात, पूर्वाधार, उर्जा, कृषि, शिक्षा/स्वास्थ्य र ढुवानी क्षेत्रमा रहेको देखिएको छ। सिंगापुरका एक ‘विज्ञ’ मेनहार्ट गु्रपका कार्यकारी अध्यक्ष शाहजाद नसिमले सम्मेलनअघि नै ‘यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग’ गर्नुपर्ने सुझाव दिएछन्। उनले भनेछन्, ‘नेपालले आफ्नोे क्षेत्रको फाइदा लिन खोज्यो भने उत्पादित वस्तुलाई बजारको समस्या हुँदैन।’

विकासको निराशाजनक तस्वीर

प्रदेश सरकारले अहिलेसम्म गरेको विकास खर्चलाई हेर्ने हो भने निराशाजनक आर्थिक परिदृश्य देखिन्छ। प्रदेश ३ ले सबैभन्दा धेरै १५ प्रतिशत विकास बजेट खर्च गरेको छ भने कर्णाली प्रदेशले सबैभन्दा कम २.७८ प्रतिशत मात्रै खर्च गरेको छ। यी सबै खर्चको विवरणका आधारमा हेर्ने हो भने प्रदेशहरूको अहिलेसम्मको औसत विकास खर्चको अवस्था ९.६९ प्रतिशत हुन आउँछ। यो विकासका हिसाबले हेर्ने हो भने अत्यन्तै निराशाजनक अवस्था हो।

मनपरी कर असुल्दै स्थानीय सरकार, जनता निराश

सरकारले स्थानीय तहहरूले आफूखुसी कर असुल्न थालेपछि जनप्रतिनिधिहरुप्रति नागरिक असन्तुष्ट बनेका छन् । आन्तरिक आम्दानी वृद्धि गर्ने भन्दै जनप्रतिनिधि आएसँगै स्थानीय तहले कर असुली गर्न थालेका हुन् ।

बर्सेनि अर्बौं लगानी, प्रतिफल निराशाजनक

सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरिसक्यो ।

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन्।

समर्थकलाई निराश नहुन आग्रह

प्रि–सिजनका लागि अमेरिका भ्रमणमा रहेको इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन।

आलोचनाबाट निराश छैन : नेइमार

ब्राजिलियन स्ट्राइकर नेइमारले विश्वकपको आलोचनाले आफू निराश नभएको बताएका छन् । रूस विश्वकपमा आशा गरिएका खेलाडी नेइमारले अधिकांश समय प्रतिद्वन्द्वीविरुद्ध मैदानमा लडेर बिताएका थिए।

यार्सागुम्बा संकलनमा कमी, संकलक निराश

दार्चुलामा यसवर्ष यार्सागुम्बा उत्पादन तथा संकलनमा कमी आएको छ। बिगतका  वर्षहरूको तुलनामा यस वर्ष आधा मात्रै संकलन भएको यार्सा टिप्ने लेकबाट फर्केका संकलकहरूले बताएका छन्।

भारतमा निकासी रोकिँदा गाेलमेंडा किसान निराश

भारतले नेपालको टमाटर निर्यातमा रोक लगाएसँगै टमाटर बिक्री हुन नसकेपछि किसानहरु निरास बन्न थालेका छन् ।

निराशाजनक तस्बिर

विगतमा बन्द, हडताल, संक्रमणकाल, सरकार परिवर्तन, अख्तियारको निगरानीजस्ता विषयलाई देखाएर पानीमाथि ओभानो बन्ने अधिकारीहरुले यो वर्ष चुनावलाई तगारोका रुपमा प्रस्तुत गरिरहेका छन् । काम नगर्नेले दसथरी बहाना बनाउन जान्दछन् । तिनलाई ठिक ठाउँमा ल्याउने उपाय दण्ड र प्रोत्साहन नै हो, यसतर्फ सरकार चनाखो हुनुपर्छ । आर्थिक सर्वेक्षणले देखाएको निराशाजनक चित्र आगामी वर्षमा फेरि देख्नु नपरोस् ।

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

उच्च शिक्षामा अर्बौ लगानी, नतिजा निराशाजनक

सरकारले उच्च शिक्षामा बर्सेनि साढे आठ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि त्यसको प्रतिफल भने न्यून रहेको पाइएको छ। विश्वविद्यालय अनुदान आयोगका अनुसार ८ अर्बभन्दा बढी लगानी भएको उच्च शिक्षामा वार्षिक विद्यार्थी उतीर्ण प्रतिशत भने २७ भन्दा कम छ।

अस्ट्रेलियाको निर्णयबाट बंगलादेश निराश

अस्ट्रेलियाले आर्थिक र प्राविधिक समस्या देखाउँदै टेस्ट र एक दिवसीय शृंखला रद्द गरेपछि बंगलादेशले निराशा व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्