२२ मंसिर २०७८ बुधबार

नयाँ भेरियन्टबाट बच्न प्रदेश सरकार सक्रिय

भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ।

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने

मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

बाग्मती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ।

निर्णय फिर्ता लिन विज्ञापन बोर्डसँग माग

मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकतर देशमा खुला रहेको सन्दर्भमा मदिरालाई खाद्य वस्तुकै रूपमा लिने गरेको तर यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ।

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।

कतारद्वारा ५० भेन्टिलेटर सहयोग

यसअघि पनि कतार सरकारले नेपाललाई चार्टर्ड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो। त्यस्तै, कोभ्याक्स कार्यक्रममार्फत कोरोनाविरुद्धको खोप ओसारेको थियो।

बंकरयुक्त निवास

आफ्ना निवास, सवारी साधन र अन्य खर्चमै बजेट सक्ने हो भने आमनागरिकमा निराशाबाहेक अरू केही बाँकी रहने देखिँदैन। बंकरयुक्त निवास होइन, जनताको मनमा बस्ने नेतामात्र अमर हुन्छन्।

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाईआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

असल नागरिक निर्माणमा शिक्षा

नागरिकलाई आफ्नो अधिकार र कर्तव्यको ज्ञान दिँदै लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक कानुन पालना गर्न सिकाउँदै राजनीतिक सहभागिता र मानवीयकरण गराउने काम नागरिक शिक्षाले गर्ने हो।

अब प्रधानमन्त्री बंकरसहितको भवनमा

विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ। प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री नयाँ आवासीय भवनमा सर्नेछन्।

विदेशमा हराएका कर्मचारी खोज्दै सरकार

सरकारले सरकारी छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न गएका तर बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहेका सरकारी कर्मचारीको खोजबिन तथा रेकर्ड राख्न सुरु गरेको छ। अध्ययन बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहने कर्मचारी धेरैजसो प्राविधिक समूहका छन्।

तलब सरकारको, कामचाहिँ दलको!

कोरोना महामारीका कारण दुई वर्षदेखि थला परेको विद्यालय शिक्षा मंसिर पहिलो सातादेखि बल्लबल्ल तंग्रिन लागेको समयमा शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी ऐनको उपहास हुनेगरी शिक्षक,प्राध्यापक महाधिवेशन प्रतिनिधि चयन हुनु विडम्बना हो।

राहत पर्खंदै किसानः सरकारले घोषणा गरेको राहत महिना पुगिसक्दा पनि नआउँदा पीडित निराश

कात्तिक पहिलो साता भएको वर्षाले सुदूरपश्चिम प्रदेशमा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुगेको थियो। प्रदेशअन्तर्गत स्थानीय तहका कृषि शाखाले संकलन गरेको तथ्यांकअनुसार सुदूरपश्चिमका दार्चुलाबाहेकका ८ जिल्लामा ६ अर्ब ३७ करोड रूपैयाँबराबरको धान बाली नष्ट भएको छ।

उद्योग स्थापनामा सरकारको प्राथमिकता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने र त्यसपछि मात्रै थप पूर्वाधार विकासका काम अघि बढाउने बताए। उनले औद्योगिक लागत कम गर्दै उत्पादित वस्तुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नेतर्फ सरकारले सोच बनाएको धारणा राखे।

प्रदूषणविरुद्ध पूर्वतयारी

वायु प्रदूषणका कारण निम्तने संकट र त्यसबाट हुने मानवीय क्षतिका लागि सरकारले जिम्मा लिनैपर्छ। जसका लागि सरकारले समयमै पहल गर्न आवश्यक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्