विमानस्थलमा कर्मचारी–प्रहरी कुटाकुट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र सुरक्षामा खटिएका प्रहरीबीच शुक्रबार कुटाकुट भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र सुरक्षामा खटिएका प्रहरीबीच शुक्रबार कुटाकुट भएको छ।
बजेट अभावमा कतिपय राष्ट्रिय गौरवका योजनाहरूको प्रगति वर्षौंदेखि निराशाजक देखिएको छ।
मुगु खत्याडका दानसिंह भण्डारी सुर्खेत विमानस्थलको हाताभित्र रहेको अर्गानिक मिनी मार्टमा कृषि उत्पादन बेचिरहेका छन्।
प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन ।
व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडानकाे अवतरण भएको छ।
आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ। रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो।
नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पुर्याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्।
संघीय सरकारले नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालगन्ज विमानस्थलमा सुविधासम्पन्न टर्मिनल निर्माण कार्य सुरु गरिने उल्लेख छ।
नेपालगञ्ज विमानस्थलमा अब राति पनि उडान गर्न पाइने भएको छ। यसअघि साँझ ६ बजेपछि उडान गर्दा विमान कम्पनीले अतिरिक्त उडान शुल्क तिर्नुपर्ने गरेकोमा अब उक्त शुल्क हटाइएको विमानस्थल प्रमुख सुभाष झाले जानकारी दिए।
प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारकै कमजोरीका कारण फेरि कोरोना महामारी फैलिएको भन्दै रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा सरकारी तथा गैरसरकारी क्षेत्रका सबै संयन्त्र र निकाय परिचालन गर्न माग गरेको छ।
कर्णालीमा उडान भर्दै आएका चार वटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेपछि अहिले कर्णालीमा उडान ठप्प छ। लगातारको वर्षाले स्थलमार्ग पूर्णरुपमा बन्द छ भने जहाज नचल्दा दशैंको विदा मनाउन राराताल पुगेका पर्यटकहरु सातादेखि अलपत्र परेका हुन्।
यो वर्ष मार्चमा मात्रै एक लाख २९ हजार आठ सय ६२ अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका छन्। उक्त संख्या हवाई सेवा प्रयोग गर्दै नेपाल आउने र जानेको हो। अध्यागमन विभागका अनुसार मार्चमा पोहोर चैत यताकै सबैभन्दा धेरै विदेशी नेपाल भित्रिएका छन्।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्।