७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बिदाइ अभिवादन गरे।

गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ। प्रधानमन्त्री देउवा यही कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ।

गणतन्त्रले जोगाएको गणतन्त्र

बर्मामा मानव अधिकार छैन भन्ने पनि उही अमेरिका हो जसले धेरै राष्ट्रमा लाखौँ जनता मारेर जनतन्त्र (डेमोक्रेसी) ‘बचाएको’ छ।

यो भन्दा कति बिगारोस्

निर्दलीयतामा मतदान गर्न मिल्ने भएपछि कसले भन्न सक्छ यो संविधान दलीय हो भनेर ? यस्तो दोगला चरित्रको संविधान भएपछि यहाँ जे गरे पनि भएको छ।

प्रधानमन्त्रीको निर्देशनः नागरिकलाई खोप उपलब्ध गराउने काममा कुनै कसर बाँकी नराख्नू

आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन्।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन्।

२५ वर्षदेखि करारमै जागिरी, अवकाश पाउँदा रित्तै हात

सरकारले श्रेणीवीहिन कर्मचारीहरूको स्थायी भर्ना नलिने निर्णय गरे पछि कार्यालय सहयोगी, सवारी चालक, हल्कारा, माली जस्ता कर्मचारीहरू लामो समयदेखि कारार तथा ज्यालादारीमै काम गर्दै आएका छन्।

गणतन्त्रको आँगनबाट विकल्पको खोजी!

प्रधानन्यायाधीश चोलेन्द्रले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भने प्रधानमन्त्री देउवाले पनि राजीनामा दिनुपर्छ।

न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनु उचित हुँदैनः प्रम देउवा

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए।

‘कांग्रेस महाभियोगको पक्षमा छैन’

महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए।

एआइजीको दरबन्दी थप गर्न गृहमन्त्रीको आलटाल

प्रहरी प्रधानकार्यालयले पाँच एआइजी दरबन्दीका लागि प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ।

स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्नेः आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहितको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले आगमी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन्।

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ: प्रधानमन्त्री

निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसगँको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए।

देउवा पछ्याउँदै पौडेल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेको हप्ता दिन नहुँदै उनकै दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः उक्त क्षेत्रमा निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले निरीक्षण गरेको पाँच दिनपछि वरिष्ठ नेता पौडेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बर्दियाका बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।

बाढी–पहिरोपीडितसँग प्रधानमन्त्रीः ‘राहतको थप कार्यक्रम ल्याउँछौँ’

आइतबार प्रधानमन्त्री देउवाले इलामको माङ्सेबुङ, फाकफोकथुम र पाँचथरका मिक्लाजुङ तथा फाल्गुनन्द गाउँपालिकामा बाढी–पहिरोले गरेको क्षति अवलोकन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्