३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

महाधिवेशन अघि नेविसंघ विवाद नमिलाए अनसन बस्ने चेतावनी

काठमाडौं—नेपाल विद्यार्थी सङ्घका नेताले विद्यमान विवाद मिलाएर ११ औैँ महाधिवेशन गराउन माग गरेका छन्। नेविसङ्घका नेताले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेविसङ्घका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले भागबण्डाका आधारमा महाधिवेशन गर्दा सङ्गठन कमजोर हुने भन्दै विवाद रहेका जिल्लालाई टुङ्ग्याएर महाधिवेशन गर्न आग्रह गरे।

निगम र आपूर्ति मन्त्रालयबीच विवाद

क्षेत्राधिकारको विषयलाई लिएर आपूर्ति मन्त्रालय र नेपाल आयल निगमबीच विवाद बल्भि्कएको छ। नेपाल आयल निगमले नेपाली उद्योगलाई ६ सय ग्यास बुलेट किन्न अनुमति दिएको भोलिपल्ट बुधबार आपूर्ति मन्त्रालयले उक्त निर्णय रोक्न निर्देशन दिएपछि विवाद बाहिर आएको हो।

टेबलटेनिस संघको चुनावमा विवाद

प्रतिनिधि छान्ने विवादपछि अखिल नेपाल टेबलटेनिस संघको छैटौं साधारणसभा बुधबार बन्द सत्रमा प्रवेश नै नगरी स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खटाएको निर्वाचिन समिति प्रमुख डेमबहादुर बस्नेतले प्रतिनिधिका विषयमा विवाद परेको कारण देखाउँदै सूचना जारी गरी साधारणसभा स्थगित गरिएको जनाएका छन्।

विवादित कम्पनीलाई बूढीगण्डकी दिने खेल

काठमाडौं-सरकारले कानुन मिचेर चीनको एक विवादित कम्पनीलाई १२ सय मेगावाटको बूढीगण्डकी जलाशय आयोजना निर्माण गर्न दिने प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्रीले सभामुखलाई भने–विवाद हुने काम नगर्नुस्

सभामुख ओनसरी घर्तीको भूमिका निष्पक्ष नभएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओलीले संसदीय मार्यादा अनुसार अगाडि बढ्न सभामुख घर्तीलाई सुझाव दिएका छन्। मंगलबार बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले कार्यसूचिमा चढाइसकेको आर्थिक विधेयकलाई हटाएर संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावको प्रस्तावमाथि छलफल गर्ने गरी समय तोकेको भन्दै असन्तुष्टि जनाएका थिए।

विवादमा पिल्सिएको महिला क्रिकेट

आपसी विवाद, अदालतमा मुद्दा, अन्तर्राष्ट्रिय निकायबाट पनि निलम्बनको अवस्थामा परेको नेपाली क्रिकेट मैदानमा सक्रिय हुन छाडेको धेरै भइसक्यो।

दलीय विवादले संसदमा अन्योल

व्यवस्थापिका संसद्को कार्यसूचीमा रहेको बजेटसम्बन्धी विधेयक पारित गर्ने/नगर्ने दलको विवाद समाधन नभएपछि सभामुख ओन्सरी घर्ती मगरले एकैपटक अविश्वास प्रस्तावमा छलफल हुने गरी बैठक बोलाउने निर्णय गरेकी छन्।

संघीय गठबन्धनको विवाद उत्कर्षमा

आन्दोलनको नेतृत्व कसले गरेको भन्ने विषयमा विवाद बढ्दै जाँदा संघीय गठबन्धन भित्रको विवाद उत्कर्षमा पुगेको छ। आन्दोलनको नेतृत्व मधेसी मोर्चाले गरेको वा संघीय गठबन्धनले भन्ने विवाद बढ्दै जाँदा गठबन्धनको अस्तित्व धराममा परेको छ।

पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान

र्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैंसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ ।

बजारको स्वामित्व विवाद चर्किंदै

जिल्लाको मिथिला नगरपालिकास्थित ढल्केबर कृषिउपज बजारमा दुईथरि ठेकेदारले कर उठाउन थालेपछि स्थानीय किसान मारमा परेका छन्।  बजार सञ्चालक समिति र स्थानीय महेन्द्र उच्च माविले एउटै बजारलाई आ–आफ्नै शैलीमा ठेक्का लगाएपछि समस्या उत्पन्न भएको हो।

कम्पनी र स्थानीयबीच मुआब्जामै विवाद

डाव (दैलेख)– माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सात्तला–१ डावस्थित ड्याम साइटमै घर भएका चन्द्रबहादुर शाही आयोजनाले स्थानीयको माग सम्बोधन गरेर छिटो बनाउनुपर्ने बताउँछन् । केही महिनादेखि उनी मुआब्जा विवादकै कारण दुःखी छन्।

विवादित बाफिया समितिमै फिर्ता

व्यवस्थापिका संसद्ले विवादित बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पुनः अर्थसमितिमा फिर्ता पठाएको छ । मंंगलबार बसेको समितिको पूर्ण बैठकले अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा विवादास्पद केही दफा संशोधनका लागि पुनः समितिमा फर्काउने निर्णय गरेको हो ।

आन्तरिक विवादले फोरम लोकतान्त्रिकको पत्रकार सम्मेलन स्थगित

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले बोलाएको पत्रकार सम्मेलन आइतबारका लागि स्थगित गरिएको छ। एक सतादेखि बसेको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्ने भनेर शनिबार ३ बजे बोलाइएको पत्रकार सम्मेलन आन्तिरिक विवादका कारण स्थगित गरिएको पार्टी निकट स्रोतले बताएको छ।

अनुदानको इन्धन ढुवानी भाडामा विवाद

चीनबाट अनुदानको इन्धन आयात गर्दाको ढुवानी विषयमा आयल निगमसँग समझदारी कायम नहुँदा ट्यांकर व्यवसायीले रकम भुक्तानी पाएका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्