‘सरकारले अवसर दिन सक्छ कि सक्दैन ?’
प्यूठान नगरपालिका– ५ जुम्रिकाढाका २३ वर्षीय जिते राना १३ महिना संयुक्त अरब इमिरेट्स बसेर २४ दिनको छुट्टीमा घर फर्किएका थिए । बन्दाबन्दीका कारण उनी विदेश जान पाएनन् । कोभिड–१९ को महामारीमा उनको मन बदलिएको छ । उनी स्थानीय सरकारले केही अनुदान दिए घरमै बसेर व्यवसाय गर्ने सोचमा छन् । उनले कृषिसँगै कुखुरापालन, बाख्रापालन गर्ने योजना बनाएका छन् ।