४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लम्पसारवादबाट यो सरकारको उदयः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई विदेश नीति थाहा नभएको भन्दै सरकारको जन्म लम्पसारवादबाटै भएको आरोप लगाएका छन्।

इटहरी पुगेर ओलीले भने: सरकारको औचित्य छैन

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नसके औचित्य नभएको बताएका छन्। उनले तत्काल निर्वाचन नभए देश र जनताले पाएका उपलब्धी सबै गुम्न सक्ने बताए।

स्याउ उत्पादनमा आत्मनिर्भर बन्ने सरकारी योजना

हरेक वर्ष विदेशबाट करोडौँ रुपैयाँका स्याउ आयात भइरहेका बेला सरकारले स्याउमा आत्मनिर्भर बन्ने दीर्घकालीन योजना अघि सारेको छ। उत्पदान कम हुनु र बर्सेनि स्याउको माग वृद्धि हुँदै गएपछि सरकारले उच्च हिमाली आठ जिल्लालाई 'स्याउको पकेट जिल्ला' घोषणा गरी उत्पादन बढाउन लागेको हो। पकेट जिल्लाका स्याउ किसानलाई विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ।

'रारामा मन्त्रिपरिषद् बैठक गर्ने सरकारकाे तयारी'

नेपालको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धधन गर्ने उद्देश्यले सरकारले मध्यपश्चिम क्षेत्रको सुन्दर पर्यटकीय नगरी रारामा पहिलोपटक मन्त्रिपरिषद् बैठक गर्ने तयारी गरेको छ।

‘काठ दिन्छौं भनेर सरकारले आशा मात्रै देखायो’

भूकम्पले क्षति पुगेका निजी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने भनिएको काठ धादिङका भूकम्प पीडितलाई आकासको फल कुर्नु जस्तै बनेको छ।

सरकारी जग्गा प्लटिङ गर्न चिहानसमेत भत्काइयो

साविक पाँचकन्या ५ (हाल धरान–२२) का टेकबहादुर राईको आमा देउलक्ष्मीको ७४ वर्षको उमेरमा २०५५ साल वैशाख १० गते मृत्यु भयो। परिवारले उनको शवलाई आँपटार चौरीमा लगेर संस्कारअनुसार गाडे। स्थानीयले आफन्तको मृत्यु हुँदा त्यही चौरीमा शव गाड्थे।

'मेडिकल कलेज सरकारी मात्रै'

चिकित्सा क्षेत्र सुधार अभियन्ता डा.गोविन्द केसीले सबै मेडिकल कलेज पूर्ण रूपमा राज्यको नियन्त्रणमा ल्याउने गरी नयाँ चरणको आन्दोलन गर्ने भएका छन्। चिकित्सा शिक्षाको गुणस्तर सुधार्न बारम्बार प्रयास गर्दा पनि निजी क्षेत्रले अवरोध जारी राखेको भन्दै डा. केसीले नयाँ माग अगाडि सारेका हुन्।

निर्वाचन आयोगलाई पत्र लेख्दै सरकार

सत्तासहयोगी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी निर्वाचनमा जाने निर्णय लिए सत्तारुढ दलसँग राजनीतिक 'सम्बन्धविच्छेद' गर्ने चेतावनी दिए पनि पुष्पकमल दाहाल नेतृत्व सरकार निर्वाचनतर्फ अघि बढ्ने तरखरमा छ।

मिलेमतोमा चुरे लुटः माफियासँग बिक्यो सरकार

सिरहाको उत्तरवर्ती दमदह–६ चोरपानेस्थित चुरेको भँगालोबाट एस्काभेटर प्रयोग गरी एक सातादेखि वन तथा खोलाजन्य पैदावार(ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न र ओसारपसार जारी छ। राष्ट्रिय गौरवको रुपमा रहेको चुरे वनभित्रबाट एस्काभेटर प्रयोग गरेर ढुङ्गा उत्खन्न गरी ट्रयाक्टरबाट निकासी तीव्र भए पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

चुनावको मिति घोषणा गरे सरकारसँग सम्बन्धविच्छेद गर्ने मोर्चाको चेतावनी

सद्‍भावना अध्यक्षा तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने चेतावनी दिएका छन्। रिपोर्टस क्लबमा बोल्दै महतोले त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी समेत दिए।

काठमाडौंमा ११ रोपनी सरकारी जग्गा हडप्ने श्रेष्ठ पक्राउ

प्रहरीले काठमाडौं भित्रकै मुल्यवान सरकारी जग्गा नक्कली कागजपत्र बनाएर हडप्ने एकजना फरार अभियुक्तलाई पाँच वर्षपछि पक्रेको छ। प्रहरीले अदालतले चारवर्ष कैद र चालिस लाख रुपैयाँ जरिवाना तोकेका अभियुक्त कृष्णबहादुर श्रेष्ठलाई पाँचवर्ष पछि पक्रेको हो।

सरकारी संस्थानलाई भर्तीकेन्द्र बनाउन हुँदैन: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारी संस्थानको प्रभावकारी सञ्चालनका लागि राजनीतिक दलगत भर्तीकेन्द्र हुन नहुने बताएका छन्।

अहिलेको सरकार ब्रेक फेल भएको बस जस्तो: थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सम्पादन समिति सदस्य तथा पूर्व बाणिज्य तथा आपुर्तिमन्त्री सुनिल बहादुर थापाले अहिलेको सरकार ब्रेकफेल भएर गुडेको बस जस्तो भएको बताएका छन्।

सरकारी जग्गा कब्जा गरेर कांग्रेस नेताले गरे प्लटिङ

विगतमा रेशम खेतीको लागि छुट्याइएको साविक पाँचकन्या ५, आँपटार चौरी(हाल धरान २२) को सरकारी जग्गा भुमाफिया र स्थानीय नेताको मिलेमतोमा प्लटिङ र किनबेच भइरहेको छ।

'श्रमजीवी पत्रकार ऐनप्रति सरकार नै उदासिन'

श्रमजीवी पत्रकार ऐनमा कार्यान्वयमा सरकार नै उदासिन रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्