१० आश्विन २०८१ बिहीबार
image/svg+xml

बाराका पीडितलाई आर्थिक सहयोग

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, रामेछापले हुरीबतासपीडितका लागि संकलन गरेको रकम जिल्ला प्रशासन कार्यालय (जिप्रका) रामेछापमार्फत बारा, जिप्रकामा पठाएको छ।

उडायो सपना सबै हुरीले

‘उडायो सपना सबै हुरीले ...’ गायक मुरलीधरको शब्द, संगीत र स्वरमा रहेको गीतको यो अंश यतिखेर बारा र पर्साका हावाहुरीपीडितको जीवनमा मलेको छ। सोही गीतमा भनेजस्तो त्यो ‘अलच्छिने बतास’ कहाँबाट आयो पीडितहरूलाई केही थाहा छैन तर त्यही ‘निठुरी’ले उनीहरूको सपना भने ‘उडाइलगेको’ छ। आइतबार साँझ दुई मिनेटमात्रै आएको हुरीले दर्जनभन्दा बढी परिवारका सदस्य नै लग्यो। धेरैलाई घरबारविहीन बनायो। घरसँगै उनीहरूले सजाएका सपना पनि विलीन भए।

राहत वितरण अव्यवस्थित, पीडित कति, अझै खुलेन

बिहान सबा छ बजेको छ। कलैया उपमहानगरपालिका–१८स्थित भलुनी भरवलियाका ७० वर्षीय सीताराम पटेल घुर (आगो) ताप्दैछन्। पाँच वर्षीया रासना पनि हजुरबुवासँगै टाँसएर आगो तापिरहेकी छन्। आइतबार रातिको हुन्डरीले छिनभरमा बास उडाएपछि यी हजुरबुवा र नातिनी त्यही घुर तापेर रात काटिरहेका छन्।

पीडितका लागि विविध सहयोग

आइतबार साँझको विनाशकारी हुन्डरीबाट प्रभावितका लागि सहयोग जुट्न थालेको छ। मृतकका परिवारलाई प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका राष्ट्रिय जनता पार्टीका प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले पार्टीका तर्फबाट काजकिरिया सहयोग स्वरूप जनही ११ हजार रुपैयाँका दरले नगद वितरण गरेका छन्। आफूहरूले २८ परिवारलाई बुधबार नगद प्रदान गरिएको मन्त्री सोनलले बताए।

हुरीपीडितलाई सहयोग

बारा–पर्साका हावाहुरीपीडितलाई सहयोग गर्ने क्रम बढेको छ। विभिन्न जिल्लाका संघसंस्थाले फरकफरक माध्यमबाट पीडितका नाममा सहयोग प्रदान गरिरहेका छन्।

‘पीडितसँग सरकार छ’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पीडितहरूको अवस्था देखेर आफूलाई दुःख लागेको प्रतिक्रिया दिए। विनाशकारी हुन्डरीबाट प्रभावित बाराको बाराको भरबलिया पुगेका नेता उनले रिकारले पीडितलाई हरेक किसिमले मद्दत गर्ने विश्वास दिलाए। ‘केन्द्र सरकारले पीडित परिवारलाई ५ लाख रुपैया राहत दिने घोषणा गरेको छ, उपचार खर्च सरकारले बोहोर्दै छ।

प्रदेश सरकारले हुरी पीडितको घर बनाइदिने

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन्। बुधबार रिपोर्टर्स क्लबल आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन्।

हावाहुरी प्रभावित क्षेत्रमा नेकपा, काँग्रेस नेतादेखि सीके राउतसम्म

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हावाहुरी पीडितको अवस्था देखेर आफू दुःखी भएको बताएका छन्। विनाशकारी हुरी हुण्डरीबाट प्रभावित रहेका गाउँमध्येका बाराको भरवलियामा पुगेका नेता नेपालले पीडितलाई सुरुमा हँसाए।

हावाहुरी पीडितलाई भारतीय महावाणिज्य दूतावासको सहयोग

बाराका हावाहुरी पीडितलाई वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासले त्रिपाल सहयोग गरेको छ। दूतावासले फेटा गाउँपालिकाका घरबार गुमाएका पीडितलाई ५ सय थान त्रिपाल र सुवर्ण गाउँपालिकास्थित हर्दिया गाउँका ७१ परिवारलाई राहत सामग्री वितरण गरेको हो।

लत्ताकपडा पठायौं: गृह मन्त्रालय, पीडित भन्छन्– पाएनौं

बारा र पर्साका हावाहुरी प्रभावितले सरकारी राहत नपाएको गुनासो गरेका छन्। पीडितहरूले अत्यावश्यक सामग्री नपाएको गुनासो गरेका हुन्। सरकारले पठाएको त्रिपाल भने प्रभावित क्षेत्रमा पुगेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीले अस्थायी टहरा पनि बनाइरहेका छन्। हुरीले घर भत्काउँदा सबै लत्ताकपडा पुरिएको छ।

रित्तो हात आए, धुलोमात्रै उडाए

बारा र पर्साका हुरीपीडित यति बेला उद्धार र राहतको पर्खाइमा छन्। तर आहतलाई राहत दिनुको साटो प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता बारा र पर्साको स्गलगत भ्रमणमै व्यस्त छन्। प्रधानमन्त्री देखि शीर्ष नेताहरूको प्रभावित क्षेत्रको निरीक्षण प्रतिस्पर्धाले राहत र उद्धार असहज बनाएको छ। पहिलो चरणको उद्धार र राहतको काम सकिन नपाउँदै प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूको लगातारको आउजाउले सुरक्षाकर्मीको प्राथमिकता पनि बाँडिन पुगेको छ।

छैन राहत, नेता मात्र थुप्रिए

तर बिहान उज्यालो हुन नपाउँदै केन्द्र र मन्त्रीदेखि पार्टीका नेता अवलोकन र उद्धारका नाममा प्रभावित क्षेत्र गए। घटनाको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली पनि घटनास्थल पुगे। उनी गृहजिल्ला झापामा थिए। त्यहाँको कार्यक्रम छाडेर उनी बारा–पर्साको प्रभावित क्षेत्रमा निक्लिएका थिए।

अस्थायी टहरा निर्माण थाल्यो सेनाले

हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि स्थायी टहरा निर्माण सुरु गरेको छ। फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो।

५३ भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती

जिल्लाका तीन स्थानीय तहका ५३ भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्न जग्गाको व्यवस्था गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा चम्पादेवी गाउँपालिकाको विलन्दु, मोलुङ गाउँपालिकाको प्राप्चा र चिसंखुगढी गाउँपालिकाको माम्खाका भूकम्प–पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्न जग्गा व्यवस्था गरिएको हो।

हावाहुरी पीडितलाई कांग्रेस सांसदले दुई दिनको तलब दिने

कांग्रेस संसदीय दलको सोमबारको बैठकले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहतस्वरुप पार्टीबाट संघीय संसदबाट प्रतिनिधित्व गर्ने सांसदहरुको २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्