१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

‘पीडितसँग सरकार छ’

वीरगन्ज – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पीडितहरूको अवस्था देखेर आफूलाई दुःख लागेको प्रतिक्रिया दिए। विनाशकारी हुन्डरीबाट प्रभावित बाराको बाराको भरबलिया पुगेका नेता उनले रिकारले पीडितलाई हरेक किसिमले मद्दत गर्ने विश्वास दिलाए। ‘केन्द्र सरकारले पीडित परिवारलाई ५ लाख रुपैया राहत दिने घोषणा गरेको छ, उपचार खर्च सरकारले बोहोर्दै छ।

नेकपा पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आई पीडितको अवस्था बुझेर जानुभएको छ, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल आएर हेर्नुभएको छ,’ नेता नेपालले भने, ‘पार्टीको विद्यार्थी संगठन, युवा संगठन परिचालित छ। हामी हरेक किसिमले पीडितका साथमा छौं।’ प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका मन्त्रीहरूसमेत आएको र पीडितहरूलाई सहयोग गर्न सबै लागिपरेको उनको भनाइ थियो।

नेता नेपालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई राहत तथा उद्धारमा देखाएको भूमिका सराहनीय भएको बताए। उनीसँगै पार्टीका नेता नागेन्द्र चौधरी, चिरिन्जीवी आचार्य, बसरुद्दिन अन्सारीलगायत आइपुगेका थिए। यसअघि प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगै वीरगन्जको नारायणी अस्पतालमा घाइतेलाई भेटेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापत शेरबहादुर देउवा काठमाडौंमा घाइतेलाई भेटेर प्रभावित क्षेत्रमा आएका थिए। प्रभावित क्षेत्रमा प्रदेश २ का मुख्यमन्त्री राउत, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललगायत आएका थिए। राजपा नेपाल अध्यक्षमण्डलका एक सदस्य राजेन्द्र महतोले पनि प्रभावित क्षेत्र भ्रमण गरिसकेका छन्।

जनमत पार्टी घोषणा गरेका सिके राउतसम्म पनि हुरीप्रभावित क्षेत्रमा आए। गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरिक्षक सर्वेन्द्र खानाल आए। सांसद, प्रदेश सांसद र विभिन्न पार्टीका नेताहरूको ओइरो नै लागेको छ। विशिष्ट व्यक्तिहरू आउँदा प्रहरी र स्थानीय प्रसाशन उनीहरुको आवागमन व्यवस्थापनमा अल्झिनुपरेको स्ययंसेवकहरूले बताए।

प्रकाशित: २१ चैत्र २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App