१० आश्विन २०८१ बिहीबार
image/svg+xml

पीडितको सहयोगका लागि मुख्यमन्त्री राहत कोष

प्रदेश २ सरकारले हावाहुरीबाट पीडित बनेकाको सहयोगका लागि राहत कोष स्थापना गरेको छ। प्रदेश सरकारले पीडितको सहयोगका लागि मुख्यमन्त्री राहत कोष स्थापना गरेको हो।

उद्धारमा जुटौं : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न आग्रह गरेका छन्। नेता पौडेलले बारा र पर्सामा हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न कांग्रेस कार्यकर्ता र आम नेपालीलाई आग्रह गरेका छन्।

क्षति भएका संरचना सरकारले बनाउँछ : गृहसचिव राई (भिडियो)

गृहसचिव प्रेमकुमार राईले बारा र पर्सामा हावाहुरीका कारण क्षति भएको भौतिक संरचना निर्माण सरकारले गरी दिने बताएका छन्। बाराको फेटामा पीडितलाई भेट्न र क्षतिको अवलोकन गर्न पुगेका गृहसचिव राईले सरकारले पीडितलाई राहत उपलब्ध गराउनुका साथै भत्किएका भौतिक संरचना निर्माण गर्ने आश्वासन दिए।

गृहसचिवसहितको टोली घटनास्थलमा

गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको टोली बार र पर्सा पुगेको छ। हावाहुरीबाट भएको क्षति बुझ्न टोली बारा र पर्सा पुगेको हो।

पीडितलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेस नेता पौडेलको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हावाहुरीका कारण पीडित बनेका बारा र पर्साका पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

द्वन्द्व पीडितकाे गुनासाे : रगतको मूल्य सकिएछ

दशबर्षे युद्धताका ज्यान गुमाएका सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरु राज्यको उपेक्षाका कारण कुढिन थालेका छन्। हिजो भजाइएको सहिद परिवारको सम्मान अनि घाइते अपाङ्गको अवस्था यतिबेला ओझेल परेको उनीहरुको ठम्याई छ। लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’, मोहन वैद्य ‘किरण’लगायतका नेताहरु बास बसेको घर पछाडि छानोको जोहो गरेका थवाङका लवबहादुर रोका ‘क. स्याउला’ हिजो आज एक हातले दैनिकी चलाउँदै छन्। उमेरले ६० बर्ष टेकेका उनी २०५९ सालको साउनमा चालाबाङको भिडन्तमा घाइते भएका थिए।

आधाभन्दा बढी स्वदेशमै पीडित

वैदेशिक रोजगारीको क्रममा पीडित हुनेमध्ये आधाभन्दा बढी स्वदेशमै समस्यामा पर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीको क्रममा पीडित हुनेलाई कानुनी सहायता प्रदान गर्दै आएको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले गरेको अध्ययनमा उक्त तथ्य फेला परेको हो।

अग्‍नी पीडितलाई त्रियुगाको जस्तापाता सहयोग

एक महिना अघि आगलागीमा परेका उदयपुर रौतामाई गाउँपालिका २ भुट्टारका पीडितहरुलाई त्रियुगा नगरपालिकाले राहतस्वरुप जस्तापाता सहयोग गरेको छ। सत्तारुढ दल नेकपाकाका केन्द्रीय सदस्यसमेत रहेका नगरप्रमुख बलदेव चौधरीले पीडितहरुलाई गाईघाट बोलाएर जस्तापाता उपलब्ध गराएका हुन्।

‘१२ वर्षमा पनि फर्किएन न्याय’

सशस्त्र द्वन्द्वका मुख्य सरोकारवाला पीडितले नीतिगत तहमा सहभागिता नहुञ्जेल आफूहरूले न्याय पाउन नसक्ने बताएका छन्। द्वन्द्वरत दुवैपक्षबाट पीडितले विगतमा बेग्लाबेग्लै ढंगले न्याय माग गरिरहे पनि अब एकै भएर न्यायका लागि लड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

दोषीलाई कारबाही गर्न फ्रिडम फोरमको आग्रह

पत्रकार सोम दियालीमाथि सांघातिक आक्रमणमा संलग्न दोषी यथाशीघ्र पक्राउ गरी पीडितलाई न्यायको प्रत्याभूति दिलाउन फ्रिडम फोरमले आग्रह गरेको छ।

अग्निपीडितलाई राहत

खोटाङस्थित प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ। चैत १ गते स्थानीय गढीथुम्का र काँसेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेंसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई कोषले राहत रकम प्रदान गरेको हो।

अग्नी पीडितलाई मेयर प्रसाईको सहयोग

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले वडा नम्बर ११ का अग्नी पीडित शेष जुबैरको परिवारलाई आर्थिक सहयोग गरेका छन्। जुबैरको फागुन २९ गते घरको विद्युत सर्ट भई पुरै घर तथा घरभित्रको सामानहरु जलेर नष्ट भएको थियो। उनलाई राहत स्वरुप नगरपालिकाको तर्फबाट मेयर प्रसाईले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

जुरेप्रभावितलाई भूकम्पपीडितसरह मात्र राहत !

२०७१ साउन १७ गतेको विनासकारी जुरे पहिरोले तत्कालीन मांखा, राम्चे र टेकानपुरका गाउँ, बस्ती बगाउँदै ११ घण्टा बर्खाको सुनकोसी नदी टम्म थुनेको थियो । घटनामा ज्यान गुमाएका १ सय ४५ को ज्यान गएको थियो ।

आगलागीबाट विस्थापितलाई गाउँपालिकाको राहत

खोटाङको रावाबेंसी गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवार विस्थापित भएका थिए। विस्थापित उनीहरुलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

निक्षेप फिर्ता गर्न ओरियन्टल पीडितको माग

ओरियन्टल ऋण तथा बचत सहकारी संस्थाबाट पीडित बनेका निक्षेपकर्ताले आफूहरुको रकम तत्काल फिर्ताको वातावरण मिलाइदिन सकारसँग आग्रह गरेका छन्। सरकारले ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति’बनाएर काम गरे पनि १४ महिनासम्म पनि कुनै प्रगति नभएको भन्दै रकम फिर्ता गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्