११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगारीका उजुरी जिल्लामै

वैदेशिक रोजगारीका क्रममा ठगिनेको उजुरी अबदेखि पीडितले बसोबास गरेको जिल्ला प्रशासन कार्यालयमा दिन सक्ने भएको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत वैदेशिक रोजगार ऐन २०६४ का कतिपय बुँदा संशोधन गरी पीडित बसोबास गरेकै जिल्ला प्रशासन कार्यालयमा पीडकविरुद्ध क्षतिपूर्ति र कारबाहीका लागि उजुरी दिन सक्ने व्यवस्था मिलाएको हो।

‘द्वन्द्वपीडित देखाएर समस्या थाती नराखौं’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले द्वन्द्वपीडितका नाममा सधैंभरि देखाएर समस्या समाधान थाती राख्न नहुने बताएका छन्। द्वन्द्वपीडित साझा चौतारीले काठमाडौंमा आयोजना गरेको ‘चहराइरहेका घाउ’ बृत्तचित्र सार्वजनिक कार्यक्रममा मन्त्री ढकालले संक्रमणकालीन न्याय समाधान गर्ने बाटोमा लागेको बताए।

दोषीलाई दण्ड, पीडितलाई न्याय

द्वन्द्वकालमा दूरदराजका गाउँ पुगेर सेवा दिँदाखेरिका धेरै स्मरणीय अनुभवहरू छन्। तीमध्ये केही यस्ता छन् जसले नेपाली समाजमा त्यो द्वन्द्वले छाडेको गलत र दूरगामी प्रभाव प्रस्ट पार्छन्। मैले सधैँ दुर्गममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूलाई चोटपटक र हाडजोर्नीसम्बन्धी ज्ञान तथा सीपमूलक तालिम पनि दिने गरेको छु। द्वन्द्वकालमा गाउँले समाजको मनोविज्ञानबारे मैले के बुझेँ भने बालबालिका र किशोरकिशोरीहरूको कलिलो दिमागमा सामाजिक न्यायका लागि हिंसात्मक आन्दोलनको विकल्प छैन र हिंसा भनेको जायज कुरा हो भन्ने छाप परेका थियो।

न न्याय पाइयो न परिपूरण भयो : द्वन्द्वपीडित

माओवादी द्वन्द्व सकिएको १२ वर्ष बितिसक्दा पनि पीडितहरूले हत्या गरिएका र बेपत्ता पारिएका आफन्तबारे चित्तबुझ्दो जवाफ पाएका छैनन्। आफ्नो पीडाको सम्बोधन कहीँकतैबाट नहुँदा उनीहरू निरास बनेका छन्। सरकारले गठन गरेको सत्यनिरूपण तथा बेपत्ता आयोगले समयमा काम नसक्दा न्याय नपाउनु त छँदै छ, परिपूरणका विषय पनि ओझेलमा परेका छन्।

भूकम्पपीडितलाई जापानकाे पाँच करोड

जापानले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई कृषिमार्फत जीविकोपार्जनमा सहयोग पुर्‍याउन चार लाख ३४ हजार अमेरिकी डलर (करिब चार करोड ९० लाख रुपैयाँ) सहयोग गर्ने भएको छ।

बागमतीको काम २० दिनदेखी ठप्प, पीडितद्वारा विरोध

बागमती पीडित सघंर्ष समितिले बागमती नदी सौन्दर्यीरणको कामलाई २० दिन देखि ठप्प पारेका छन्। पीडित किसानहरुलाई २२ वर्षसम्म पनि जग्गाको मुआब्जा दिन सरोकार निकायले आलटाल गरेपछि विरोध जनाइ माघ २८ गतेबाट काम रोकेका हुन्। बागमतीले किसानको जग्गा खोसेको यतिका वर्ष बित्दा पनि मुआब्जाको विषयमा कुनै सरोकारवाला निकायले पहल नगरेपछि विरोध गरी माघ २८ बाट काम ठप्प पारेको पीडित संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले बताए।

द्वन्द्वपीडित एकजुट हुन सकेनन्

सशस्त्र द्वन्द्वका पीडितको साझा चौतारीले चारजना पदाधिकारीले संस्थाको हितविपरीत काम गरेको भन्दै केन्द्रीय समितिबाट निष्कासन गरेको छ। द्वन्द्वपीडित साझा चौतारीको फागुन १४ देखि १६ सम्म बसेको विस्तारित बैठकले उपाध्यक्ष गोपाल शाह, देवी सुनार, सदस्य कृष्ण अधिकारी र सावित्री श्रेष्ठले पीडितलाई झुक्याउने काम गरेको भन्दै निष्कासन गरेको हो।

गुठी पीडित किसानलाई न्याय कहिले ?

हेलम्बु गाउँपालिका वडा नं. ७  भञ्ज्याङका हरिप्रसाद चापागाईको पुस्ताले कमाएको गुठी जग्गा ७ वर्षको संघर्षपछि २०५८ सालमा मोही पुर्जा प्राप्त गरे। हरिप्रसादले महाकालेश्वरी महादेवको मन्दिरमा पूजा गर्छन्। हरेक वर्ष जनैपूर्णिमा र ऋषिपञ्चमीमा त्यस मन्दिरमा मेला लाग्छ। त्यसबेला पनि गुठी जग्गा कमाउने लगायत सबैले धुमधामले पूजा गर्छन्। तर, त्यही मन्दिरको नाममा पूजा गर्ने भनेर नै गुठी जमिन राखिएको छ। १५ किसान परिवारले त्यो जग्गा जोतभोग गरेर आफ्नो जीविका धानेका छन्।

बलात्कारको आरोपमा तीन पक्राउ

शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय रुपनीको टोलीले सप्तरीको रुपनी गाउँपालिका–१ का ३० वर्षीय देवेन्द्र यादवलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। स्थानीय एक ३० वर्षीय महिलालाई उनकै घरमा थुनेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ। पीडित महिलाले अभियुक्तको नाम किटानीलगायतको व्यहोरासहित आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दर्ता गराएका छन्।

वन्यजन्तुपीडित परिवारलाई राहत

वन्यजन्तुले क्षति पुर्‍याएका परिवारलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत वितरण गरेको छ। निवेदन दिएकामध्ये बिहीबार चार पीडितमध्ये कर्मा धिन्दुप तामाङलाई ३० हजार, कैसाङ तामाङलाई ३५ हजार, सोनाम साबो तामाङलाई ३० हजार राहत वितरण गरिएको निकुञ्जले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गमा चक्काजाम

चिनी उद्योगीबाट सधै पीडित बनेका उखु किसानलाई सरकारले समेत ठगेपछि उनीहरु सडक जाम गर्न उत्रिएका छन्।

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङको सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेको छ। तीन महिनाअघि भएको भीषण आगलागीबाट विस्थापित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वती माविका पूर्वविद्यार्थीले नगद प्रदान गरेका हुन्।

द्वन्द्वपीडित नै विभाजित, कसले दिने न्याय ?

१० बर्से सशस्त्र द्वन्द्व राज्य र विद्रोही पक्षबाट पीडित बनेकाहरु न्याय माग्ने अभियानमा भने विभाजित भएर लागेका छन्। दुवै तर्फबाट चपेटामा परेकाहरुले संयुक्त रूपमा न्याय माग्ने अभियान थालेक थिए।

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङ सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन्। गत कात्तिक २३ गते बिहान ३ बजे आगलागीका कारण दिक्तेल रुपाकोट मझुवागढीका शिक्षक कृष्णकुमार श्रेष्ठको घर ध्वस्त भएको थियो। उनको घरसँगै त्यसबेला तीन वटा घर पूर्ण रुपमा जलेका थिए।

जुरेपीडितले अझै पाएनन राहत

साढे चार वर्षअघि एक सय ४५ सयको ज्यान जानेगरी भएको जुरे पहिरो घटनाका पीडितका नाममा संकलित राहत अहिलेसम्म वितरण गरिएको छैन छ। उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन सरोकारवालाले माग गरेका छन्। संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद, पूर्वमन्त्री र राजनीतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा बिहीबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले पाँच गाउँ सुनकोसीमा विलय गराउने जुरे पहिरोबाट पीडित बनेकालाई राहत दिने विषयमा सरकारले लिएको निर्णय मान्य नहुने अडानसमेत लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्