११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अायाेगमा द्वन्द्वपीडितलाई सहभागी गराउन माग

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन २०७१ संशोधन गर्न लागेकोप्रति द्वन्द्वपीडित साझा चौतारीले सकारात्मक कदम भएको बताएको छ। चौतारीले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाली नेतृत्वमै पारदर्शी, बृहत्तर प्रक्रियाद्वारा संक्रमणकालीन न्याय टुंगाउने प्रत्येक चरण, प्रक्रियामा द्वन्द्वपीडितको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग मागसमेत गरेका छन्। ऐनको प्रस्तावित संशोधनले चौतारीको माग बमोजिम दुई आयोगको पुनर्संरचना गर्न लागेको भन्दै कानुन संशोधनले आफूहरूका मागको सुनुवाइको सुरुवात भएको बताएका छन्।

डा. केसी द्वन्द्वपीडित–मुद्दामा किन बोल्न नहुने ?

‘वचन’ शब्दको विशेष महत्व छ। वचन मौखिक रूपमा दोस्रो पक्षलाई भनेको कुरा पूरा गर्न दिइने विश्वास हो। व्यक्तिको विश्वसनीयता उसले दिएको वचनमा निर्भर गर्ने गर्छ। असल मानिसको चिनारी पनि हो यो। यसको मापन सबैका लागि समान हुन्छ। यो इमानदारीताको प्रतीक पनि हो। वचन पूरा गर्नलाई दिने गरिन्छ। तोड्न अथवा धोका दिनलाई होइन। छलकपट गर्नेलाई यसले स्थान दिँदैन र मान्दैन पनि। किनभने, मानिसको सामाजिक उत्तरदायित्व एवं व्यक्तिगत मर्यादा र प्रतिष्ठासँग यो गाँसिएको हुन्छ।

घरमै पुगी अदालतले दियाे पीडितलाई क्षतिपूर्ति

बारा जिल्ला अदालतले बिहीबार एक कार्यक्रम गरी ज्यान मार्ने उद्योग मुद्दाका पीडितलाई जरिबाना तथा क्षर्तिपूर्ति बापतको रकम बुझाएको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर–८ कर्चोवा टोल निवासी ६६ वर्षीय दीनानाथप्रसाद यादवलाई तीन लाख रुपैयाँको चेक बुझाएको हो।

‘संक्रमणकालीन न्यायप्रति सरकारको बेवास्ता’

सशस्त्र द्वन्द्वका पीडितले सरकार र राजनीतिक दलको बेवास्ताका कारण संक्रमणकालीन न्यायप्रक्रिया धरापमा परेको गुनासो गरेका छन्। सरकार संक्रमणकालीन न्यायप्रति इमानदार नहुँदा द्वन्द्वपीडितका घाउमा न्यायको मलम लगाउन नसकेको उनीहरुको टिप्पणी छ।

मृगौला पीडितलाई कतारबाट सहयोग

उदयपुरकी एक मृगौला पीडित महिलालाई वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत नेपालीहरूले सहयोग पठाएका छन्। त्रियुगा नगरपालिका ६ लालपत्ताकी दुवै मृगौला पीडित ४३ वर्षीया यसाेदा खड्काको उपचारका लागि कतारमा कार्यरत नेपालीहरूले १ लाख ६५ हजार १ सय २२ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन्।

उजुरीको गोपनीयता हराउने डर

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका समयमा पीडित निराश बनेका छन्। कतिपय बेपत्ता परिवार र अन्य पीडितलाई आयोग के हो र यसले के गर्छ भन्नेबारे समेत जानकारी छैन।

‘संक्रमणकालीन न्याय टुंगोमा पुुग्दैछ’

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राज्य लागिपरेको बताएका छन्।

बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

दिन, महिना, वर्ष गन्दागन्दै बुबा मुक्तिनाथ अधिकारीको हत्या भएको अनि सत्य, न्याय र परिपूरणको अभियानमा लागेको १७ वर्ष पुगेछ। खोलामा धेरै पानी बग्यो, न्यायको नटुङ्गिने यात्रा निरन्तर जारी रह्यो, विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो, तर आम द्वन्द्वपीडितका  पीडाव्यथा, अन्याय,  सवाल र अन्यौल जहाँको त्यहीँ छ।

‘घर बनाइसकेका भूकम्पपीडितको अनुदान नरोक’

प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाइसकेका भूकम्पपीडितको अनुदान नरोक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन्। सोमबार प्राधिकरण परामर्श परिषद्को चौंथो बैठकमा सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

विद्यार्थी र व्यवसायीद्वारा कालिकोटका अग्नी पीडितलाई राहत प्रदान

विद्यार्थी र व्यवसायीबाट संकलित राहत रकम कालिकोटका अग्नी पीडितलाई हस्तान्तरण गरिएको छ। राजधानीमा युवा विद्यार्थी र ठमेलका व्यवसायीबाट संकलित २ लाख ४० हजार रुपैयाँ राहत रकम घटनास्थल पुगेर पीडितलाई हस्तान्तरण गरिएको हो।

मलेनिकाले रोक्यो भूकम्पपीडितको अनुदान

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । पीडितले महिनादेखि निजी आवास अनुदान पाउन सकेका छैनन् ।

मधेसी आन्दोलनकारी परिवारको बिचल्ली

यति बेला मधेस आन्दोलन सुस्ताएको देखिन्छ। मधेसवादी दलहरू सरकारका साझेदार भई सत्तामा पुगेका छन् तर मधेसका जनताहरू मधेस आन्दोलनका पीडितहरूले अहिले पनि न्याय पाएका छैनन्। मधेसप्रति किन उदासीन तथा क्रुरताले पीडित बनेका मृतक परिवारहरूमा मनोवैज्ञानिक समस्यासमेत देखिन्छ। पीडित परिवारहरू बेसहारा जस्तै देखिन्छन्। एक अध्ययनले मधेस आन्दोलनका सबै पीडित परिवारका सदस्यहरूमा आघात (ट्रमा) समेत देखाएको छ।

ऐलानीको समस्या समाधानमा पहल गर्छु : दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ऐलानी जग्गामा बसोबास गरेका भूकम्पपीडितका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ऐलानी जग्गामा बसोबास गर्दै आएका पीडितले जग्गाको लालपुर्जा नहुँदा घर बनाउन नपाएको समस्यालाई आफूले समाधान गर्न पहल गर्ने दाहालले बताए।

दुर्घटनापीडित परिवारलाई कांग्रेसको सहयोग

नेपाली कांग्रेस जिल्ला कार्य समिति(नुवाकोट)ले गत मंसिर अन्तिम साता दुप्चेश्वर–१, घ्याङडाँडामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

पीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्ने

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई बिहीबार शपथ गराइएपछि टीकापुर घटनाका पीडितले असन्तुष्टि जनाएका छन्। टीकापुर घटनामा संलग्न भएको अभियोगमा चौधरीविरुद्ध चलाइएको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा शपथ गराएर पीडितको उपहास र कानुन उल्लंघन गरिएको पीडित बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्