सर्लाही– हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले वडा नम्बर ११ का अग्नी पीडित शेष जुबैरको परिवारलाई आर्थिक सहयोग गरेका छन्।
जुबैरको फागुन २९ गते घरको विद्युत सर्ट भई पुरै घर तथा घरभित्रको सामानहरु जलेर नष्ट भएको थियो। उनलाई राहत स्वरुप नगरपालिकाको तर्फबाट मेयर प्रसाईले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा उप प्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा नम्बर ११ का वडाध्यक्ष शेष मेहवुब रेजा, १० का अध्यक्ष शम्भु मैनाली, नेकपा नेता विदुर प्याकुरेल लगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।
प्रकाशित: ५ चैत्र २०७५ १३:१७ मंगलबार