२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

हावाहुरी पीडितलाई भारतीय महावाणिज्य दूतावासको सहयोग

बारा– बाराका हावाहुरी पीडितलाई वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासले त्रिपाल सहयोग गरेको छ। दूतावासले फेटा गाउँपालिकाका घरबार गुमाएका पीडितलाई ५ सय थान त्रिपाल र सुवर्ण गाउँपालिकास्थित हर्दिया गाउँका ७१ परिवारलाई राहत सामग्री वितरण गरेको हो। 

सुवर्ण गापाको परशुरामपुर गाउँमा पनि राहत वितरण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ। त्रिपाल र राहत सामग्री बाँड्न महावाणिज्य दूतावासका प्रमुखसहितको टोली बुधबार प्रभावित क्षेत्रमा पुगेको थियो। 

भारतीय विदेश मन्त्रालयले मंगलबार वक्तव्य जारी गरेर बाराका हावाहुरी पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

प्रकाशित: २० चैत्र २०७५ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App