४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल पक्षले स्पष्टीकरण नदिने

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चारजना नेतालाई सोमबार स्पष्टीकरण पत्र दिइएको जानकारी दिए।

एमालेले माधव नेपालसहित चार नेतालाई स्वकीय सचिवमार्फत स्पष्टीकरण पत्र पठायो

नेकपा एमालले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चार जना नेताहरुलाई स्पष्टीकरण पत्र दिइएको जानकारी दिए।

नेपाल पक्षका ३८ जना सांसद्ले हस्ताक्षर गरेको पत्र बालुवाटरमा, पार्टी विधानुसार चल्नुपर्ने माग

नेकपा एमालेका नेता माधव नेपाल पक्षीय सांसद्हरुको भेलाले बालुवाटरमा शनिबार बसेको संसदीय दलको बैठकमा असहमति जनाएको छ। शनिबार सिंहदरबारमा बसेको नेपाल पक्षीय सांसद्हरुको भेलाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकलाई लिएर असहमति जनाएको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए।

१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षीय भेला सकियो, ओलीविरुद्ध दृढताकासाथ लड्ने निष्कर्ष

नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ। बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि भएको छलफलपछि आएका सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको हो।

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्चकाे फैसलामा नेपाल पक्षीय भेलाको असहमति

नेकपा एमाले (माधव नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर असहमति जनाएको छ। बुधबारबाट सुरु भएर बिहीबार साँझ सकिएको नेपाल पक्षीय भेलाले नेकपाको सम्बन्धमा फागुन २३ गते सर्वोच्चले गरेको फैसलालाई असहमति जनाएको हो।

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

नेकपा एमाले (माधव नेपाल) पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका गतिविधिको विरोध गर्दै आएको नेपाल पक्षको भेला ललितपुरको सानेपामा सुरु भएको हो।

एमाले विवाद उत्कर्षमा

सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ। फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो। ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ।

हामी कारबाहीका लागि लामवद्ध भएर उभिन तयार छौं : योगेश भट्टराई

नेकपा एमाले (माधव नेपाल) समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। चैत ४ र ५ गतेको राष्ट्रिय भेलाका बारेमा जानकारी दिनका लागि ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले आज बालुवाटारमा ओलीले दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्।

नेपाल पक्षको राष्ट्रिय भेलालाई सुर्य थापाको प्रश्न : रमिता कि गाईजात्रा ?

भेलालाई थापाले आफ्नो निहित स्वार्थका लागि (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र भएको बताएका छन्।

केपी ओली र माधव नेपाल पक्षको छलफल सकियो

करिब चार महिनापछि भएको एमालेका दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टीमा देखिएको विवाद समाधनका विषयमा वार्ता भएको बुझिएकाे छ। यद्यपि, भेटवार्तामा के भयो भन्ने सार्वजनिक गरिएको छैन।

एमालेका दुवै पक्षबीचको छलफल जारी

करिब चार महिनापछि आज नेकपा एमालको शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि एमालेका दुवै पक्ष )केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीच भेटवार्ता भएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठक पार्टीमा देखिएको विवाद मिलाउनमा केन्द्रीत रहनेछ।

दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकः नयाँ सरकार गठनमा खुला छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ।

प्रचण्ड–नेपाल पक्षको प्रदर्शन सुरु (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको प्रदर्शन काठमाडौंमासुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्