७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल पक्षका ३८ जना सांसद्ले हस्ताक्षर गरेको पत्र बालुवाटरमा, पार्टी विधानुसार चल्नुपर्ने माग

फाइल तस्बिर

नेकपा एमालेका नेता माधव नेपाल पक्षीय सांसद्हरुको भेलाले बालुवाटरमा शनिबार बसेको संसदीय दलको बैठकमा असहमति जनाएको छ। शनिबार सिंहदरबारमा बसेको नेपाल पक्षीय सांसद्हरुको भेलाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकलाई लिएर असहमति जनाएको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए।

नेपाल पक्षले ३८ जना सांसद्ले हस्ताक्षर गरेको असहमति पत्र प्रधानमन्त्री ओलीलाई बुझाएको छ। सो पत्रमा बालुवटारमा शनिबार बसेको संसदीय दलको बैठक पार्टीको विधि विधान विपरीत रहेको उल्लेख छ। पत्रमा संसदीय दलको बैठक निजी कार्यालयमा नभएर दलको कार्यालय सिंहदरबारमा गर्नुपर्ने पनि भनिएको छ।

नेपाल पक्षले पार्टीका गतिविधिहरु ९औं महाधिवेशनबाट पारित भएको विधानअनुसार चल्नुपर्ने माग राखेको छ।

प्रकाशित: ७ चैत्र २०७७ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App