१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल पक्षका ३८ जना सांसद्ले हस्ताक्षर गरेको पत्र बालुवाटरमा, पार्टी विधानुसार चल्नुपर्ने माग

नेकपा एमालेका नेता माधव नेपाल पक्षीय सांसद्हरुको भेलाले बालुवाटरमा शनिबार बसेको संसदीय दलको बैठकमा असहमति जनाएको छ। शनिबार सिंहदरबारमा बसेको नेपाल पक्षीय सांसद्हरुको भेलाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकलाई लिएर असहमति जनाएको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए।

जसपाको संसदीय दलको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकले संसदीय दलको विधान पारित गर्ने जसपा सांसद् एकवाल मियाँले जानकारी दिए।

जसपाले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो एक बजेको लागि दलको बैठक बोलाइएको जसपा सांसद एकवाल मियाँले जानकारी दिए। उनकाअनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्