४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रचण्ड-नेपाल पक्षको प्रदर्शन सुरु, यातायात व्यवस्था अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको प्रदर्शन सुरु भएको छ। प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरूद्ध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार आज प्रदर्शन गरेको हो।

सुदूरपश्चिम प्रदेशः नेकपामा सांसद तान्ने होडबाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह बनेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा तरंग छाएको छ। यस प्रदेशमा ओली र दाहाल–नेपाल पक्षका स्पष्ट गुट छन्।

प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल पक्ष निर्वाचन आयोगमा पुगेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिनिधिसभा विघटनविरूद्ध आजदेखि आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल पक्ष आयोग पुगेको हो।

प्रतिनिधिसभा विघटनको विरोध गर्दै माइतीघरमा बसे प्रचण्ड-नेपाल

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले आजदेखि चरणवद्ध आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो दिन आज उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन्।

दाहाल–नेपाल सडक संघर्षमा ओली पक्ष प्रतिकारमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले दाहाल–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ।

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सर्‍यो, महासचिवको टुङ्गो लगाउने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ।

ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई बनाउने तयारी

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको संसदीय दलको भेला बस्दैछ। बुधबार दिउँसो पौने १ बजे संसद भवन बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो।

ओलीविरुद्ध संसद् भवनमा प्रचण्ड-नेपाल पक्षका सांसदकाे भेला

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध रणनीति बनाउन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको बैठक सुरु भएको हो।

ओलीलाई एक्ल्याउनुपर्ने निष्कर्ष

सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् ।

दाहाल–नेपाल पक्षीय भेलाको निष्कर्षः ओली पक्षीयलाई कित्ताकाट गर्नुपर्छ

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्