७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सर्‍यो, महासचिवको टुङ्गो लगाउने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ। आज बिहान ११ बजेका लागि बबरमहलमा तय गरिएको बैठक १ बजेका लागि सारिएको हो।  

आजको बैठकले महासचिवको टुङ्गो लगाउने तयारी गरेको स्रोतले जनाएको छ। तर, कसलाई प्रस्ताव गर्ने भन्ने विषय अहिलेसम्म टुङ्गोमा पुगी नसकेको नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालले नागरिकलाई बताए।

स्रोतकाअनुसार महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, जनार्दन शर्मा लगायतका नेताहरु प्रतिस्पर्धामा छन्।  

आजै दिउँसो १ बजे केपी ओली पक्षको केन्द्रीय कमिटी बैठक पनि बस्दैछ।

प्रकाशित: ९ पुस २०७७ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App