४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्ड-नेपाल पक्षको प्रदर्शन सुरु, यातायात व्यवस्था अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको प्रदर्शन सुरु भएको छ। प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरूद्ध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार आज प्रदर्शन गरेको हो।  

प्रदर्शदनको नेतृत्व पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन्।

प्रदर्शनका कारण काठामाडौंको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। नेकपाको प्रदर्शन काठमाडौंका विभिन्न स्थानबाट सुरु भएर भृकुटिमण्डपमा कोणसभामा परिणत हुनेछ।  

कोणसभालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल लगायत शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्।

पद्रर्शनलाई मध्येनजर गर्दै ट्राफिक प्रहरीले सर्वसाधरणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। काठमाण्डौको प्रर्दशनीमार्ग हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृहबाट ड्राइभर्सन गरेर चलाइएको छ।  

त्यस्तै जमलबाट तिनधारापाठशाला हुँदै पुरानोबसपार्कतर्फ आउने सवारी साधनलाई महेन्द्रशालिकतर्फ पठाइएको छ। महेन्द्रशालिकबाट घण्टाघरतर्फ आउँने सवारी साधनलाई पनि डाइभर्सन गरिएको छ।  

खुल्लामञ्च वरीपरीको सडकखण्ड, भद्रकाली, त्रिपुरेश्वर, हनुमानस्थान, पुतलिसडक, केशरमहल हुँदै चल्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: १४ पुस २०७७ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App