२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्चकाे फैसलामा नेपाल पक्षीय भेलाको असहमति

फाइल तस्बिर।

नेकपा एमाले (माधव नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर असहमति जनाएको छ। बुधबारबाट सुरु भएर बिहीबार साँझ सकिएको नेपाल पक्षीय भेलाले नेकपाको सम्बन्धमा फागुन २३ गते सर्वोच्चले गरेको फैसलालाई असहमति जनाएको हो।  

निवेदकले माग नै नगरेको विषयमा प्रवेश गरेर अदालतले दलहरुको राजीतिक अधिकारमाथि हस्तक्षेप गरेको नेपाल पक्षको ठहर छ। भेलाले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको भने स्वागत गरेकाे छ।

फागुन ११ गते संसद् पुनःस्थापना गर्ने फैसला गरेको सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपालाई वैधता दिने निर्वाचना आयोगको निर्णय खारेज गरिदिएको थियो। सो फैसलापछि दुवै पार्टी अलग भएका थिए।

भेलामा सातै प्रदेशका विभिन्न नेताहरुले पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारमा सुझाव दिएका थिए।

आजको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका थिए। उनले आफूहरुले कुनैपनि हालतमा पार्टी विभाजन हुन नदिने भन्दै नेता कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरेका थिए।

प्रकाशित: ५ चैत्र २०७७ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App