७ आश्विन २०८१ सोमबार
image/svg+xml

अज्ञात रोगले विद्यार्थी बिरामी, विद्यालय प्रवेशमा रोक

जुम्लाको तातोपानी गाउँपालिकाको एक विद्यालयमा अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय प्रवेशमा रोक लगाइएको छ।

कोरोनाका सिकिस्त बिरामी बढे,भीड नियन्त्रण नहुँदा जोखिम उच्च

पहिला वृद्ध उमेरका व्यक्ति कोरोनाबाट सिकिस्त भएर आउने गरेकोमा यसपालि युवा उमेरका पनि सिकिस्त भएर भर्ना भएका छन्। संक्रमितमध्ये धेरैमा युके नयाँ भेरिएन्ट भाइरस देखिएको छ। ‘कोभिड पोजेटिभ देखिएकाहरूमा स्पाइक प्रोटिन नेगेटिभ देखिएको छ। यो हुनु भनेको पहिलाको कोरोनाको स्वरूपमा परिवर्तन भएको बुझिन्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने।

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन्। झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन्। उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए।

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ।' मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए।

सुदूरपश्चिममा १२ सय क्षयरोगका बिरामी

सुदूरपश्चिम प्रदेशमा पुसको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्। गत आवमा २ हजार ७ सय ३५ जना बिरामी रहेका थिए। कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामी कम देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत मनोज ओझाले बताए।

रसुवामा आँखा केन्द्र र बिरामी बीचको दूरी घटाउन सेवा विस्तार

रसुवामा आँखा केन्द्र र बिरामी बीचको दूरी घटाउनका लागि सेवा विस्तार गर्दै लगिएको छ। रसुवा सामुदायिक आँखा केन्द्रले केन्द्र र आँखाको बिरामी बीचको दूरी घटाउन सेवा विस्तार थालेको हो।

पाइपलाइनबाट बिरामीको बेडमै अक्सिजन

बेनी अस्पतालमा बिरामीको बेडमा अक्सिजन गरी पोर्ट जडान गरिएको छ । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेडनजिकै जडान गरिएको हो । बिरामीलाई आवश्यकता परेको बेलामा बेड नजिकै रहेको पोर्टबाट सजिलै अक्सिजनको प्रयोग गर्न सकिन्छ । बिरामीले पोर्टमा जडान गर्दाबित्तिकै अक्सिजन आउँछ ।

इलाम अस्पतालमा बिरामीले पाएनन् एक्स–रे सेवा

प्रविधि र सुविधा थपिइरहेपनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा इलाम अस्पताल आएका ठूलो संख्याका बिरामीले दुःख पाइरहेका छन् । बिग्रिएको हप्तौं भइसक्दा पनि एक्स–रे मेसिन पुनः मर्मत भइ आइनपुगेकाले सामान्य बिरामी पनि एक्स–रे सेवाबाट बञ्चित भएका हुन् ।

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए। विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन्।

बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो : अब ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म तिर्नुपर्ने

बुधबारदेखि चिकित्सकले बिरामी जाँच गरेबापत लिने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले बिरामी जाँच गरेबापत लिन पाउने परार्मश शुल्क बढाएको जनाएका हुन्।

बुटवलको कोरोना अस्पतालको आईसीयूबाटै बिरामी फरार

बुटवलको कोरोना अस्पतालबाट एक जना बिरामी भागेका छन्। अस्पतालको आईसीयूमा भर्ना भएका बिरामी आज बिहान साढे ५ बजेपछि अस्पतालबाट भागेका हुन्।

प्राणघातक रोगका बिरामीलाई चौदण्डीगढी नगरको उपचार सहयोग

उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिभिन्न ८ प्रकारका प्राणघातक रोग लागेर बिरामी नगरबासीलाई उपचार सहयोग गर्दै आएको छ। नेपाल सरकारको ‘बिपन्न नागरिकलाई उपचार राहत कोष निर्देशिका २०७५’ बमोजिम ८ खाले प्राणघातक रोग लागेर थलिएका विरामीलाई औषधि उपचार गर्न सहयोग गर्दै आएको जनाएको छ।

नेपालीबाटै ठगिन्छन् बिरामी नेपाली

यदि उनले ती नेपाली भनिनेलाई विश्वास नगरी सिधैं अस्पतालको सम्पर्कमा गएको भए ठगिनुपर्ने स्थिति कमै हुन्थ्यो। डाक्टरले भनेअनुसार स्वास्थ्य परीक्षण हुनुपर्ने हो तर शशिकलालाई सिधैं ल्याबमा लगियो र विभिन्न स्वास्थ्य परीक्षण गरियो।

कोरोनाका बिरामीलाई किन लाभदायी भएन भेन्टिलेटर

भेन्टिलेटरसम्म पुग्ने कोरोना संक्रमितको भाइरसले तीव्र रुपमा फोक्सो नष्ट गरिसकेको हुने कारण उनीहरुलाई भेन्टिलेटरको सहयोगले लाभ मिल्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्