३ मंसिर २०८१ सोमबार
image/svg+xml

'स्वर्गकी अप्सरा' मा नेपाली भिड

मुलुकले घुमफिर वर्ष– ०७३ मनाइरहेका बेला दसैं छेको देशकै ठूलो रारा ताल घुम्ने नेपालीको संख्या ह्वात्तै भएको छ। ताल नजिकसम्म सडक ट्र्याक खुलेपछि घुम्न सजिलो भएको हो।

भारत—पाक तनावले नेपाली सीमाक्षेत्रमा सुरक्षा कडा

पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ । बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाउनुका साथै पैदल यात्रीमाथि निगरानी बढाएको छ ।

अमेरिकीबासी नेपालीले मनाए दसैं

अमेरिका बस्ने नेपालीहरूले दसैं मनाएका छन्। उनीहरूले दशमीकाे दिन टीका लगाएर दसैं मनाएका छन्। सात समुन्द्र पारिबाट अाफन्त र बुबा अामाबाट जाेडिन इन्टरनेटले सहयाेग गरेकाे छ। अमेरिकास्थित नेपालीहरूले इन्टरनेटकाे माध्यमबाट भिडियाे कल गरी अाफ्ना बुबा अामाबाट टीका थापेका हुन्।

नेपाली सेनाद्वारा सर्वसधारणकालागि निशुल्क बस संचालन

दसैंको अवसर पारेर नेपली सेनालेसर्वसाधारणलाई लक्षित गरी निशुल्क वस सेवा संचालन गरेको छ । दशैंको अवसरमा सवारी साधनहरु कम मात्रामा संचालन हुने भएकोले यात्रुहरुको चापलाई महसुस गरेर काठमाण्डौं उपत्यका भित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्याउने उद्देश्यल महानवमी र दशमीका दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा बस संचालन गर्ने नेपाली सेनाले जनाएको छ।

अवैध चल्लासहित १४ भारतीय र ३ नेपाली तस्कर पक्राउ

अवैध चल्लासहित १४ भारतीय र ३ नेपाली तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटेको विशेष टोलीले रौतहट कर्कच कर्मैया-८ टिकुलियाबाट १४ कार्टुन चल्ला नियन्त्रणमा लिएको हो। उनीहरुको साथमा रहेको १४ वटा साइकल र दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

गगन थापाको योजना : हरेक नेपालीको स्वास्थ्य बीमा

स्वास्थ्य मन्त्रालयले अगामी तीन महिनाभित्र रिक्त रहेका चार सय ८५ पदमा विशेष चिकित्सकको परिपूर्ति गर्ने भएको छ। मन्त्रालयले तत्काल करारमा भएपनि ती चिकित्सक जनशक्ति छनौट गरी मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए।

बहु सांस्कृतिक सम्पदा नेपालीको साझा चिनारी: डा. भट्टराई

इटहरी- नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताएका छन्।

दर्शक खोज्दै खाडीमा नेपाली फिल्म

युएई लगायतका खाडी मुलुकमा नियमित नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्। कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन गर्ने भएको हो।

विवादित वर्णविन्यासको नेपाली शब्दकोष

नेपाली भाषा विवादमा तानिएका बेला चूडामणि गौतमले 'विवादित वर्णविन्यासको नेपाली शब्दकोष' पाठकसामु ल्याएका छन्। उनको उक्त शब्दकोष शुक्रबार राजधानीमा सार्वजनिक गरियो। शब्दकोषमा 'विवादित वर्णविन्यास' देखाउने र बुझाउने प्रयत्न गरिएको छ। २०६७ सालयता नेपाली भाषामा देखिएको विवादलाई शब्दकोषले प्रस्ट्याएको छ।

'ब्युटिफुल उमन अफ बहराईन' को ताज नेपाली चेलीलाई

युएई -बहराइनको चर्चित म्यागेजिन बहाराइन कन्फिडेन्टलले आयोजना गरेको व्युटिफुल उमन अफ बहराइनमा भाग लिएकी नेपालकी इन्दिरा क्षेत्रि विजय भएकी छन।

साउदीमा आर्थिक मन्दी, नेपाली कामदार समस्यामा

साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ।

वित्तीय पहुँच बढ्दै, ६६०० नेपालीकाे भागमा १ बैंक शाखा

बैंक तथा वित्तीय संस्थाहरु वित्तीय पहुँच वृद्धि गर्न कम्मर कसेर लागेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले दैनिक एकभन्दा बढी शाखा खोलेर नागरिकको घरदैलो नजिक जाने प्रयास गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७३ असार मसान्तसम्ममा क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक तथा ग वर्गका वित्तीय संस्थाको कुल शाखा संख्या ४ हजार २ सय ७२ पुगेको छ ।

विदेशी पाइलटलार्इ १६ लाख तलब, नेपालीलार्इ २ लाख !

राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किललेसवा २ लाख रुपैयाँसम्म पारिश्रमिक हात पार्छन् । निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् ।

प्रतिबन्धित कुवेतमा नेपाली महिलाको संख्या बढेपछि सरकारले देखायो चासो

घरेलु कामदारको रुपमा अवैध रुपमा कुवेत पुग्ने र अलपत्र पर्ने महिलाको संख्या बढ्न थालेपछि सो विषयमा सरकारले चासो देखाएको छ। बुधबार मुख्य सचिव सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई यो विषयको समाधान खोज्न निर्देशन दिएका छन्।

पुणेमा नेपाली कामदारको मृत्यु, शव लिन गएका परिवारजन ४८ घण्टा देखि सम्पर्कविहीन

भारतको महाराष्ट्र राज्य अन्तर्गत पर्ने पुणे शहरको नानेकरबाडीस्थित मधुवन ट्रेडर्स स्टिल प्रालिममा कार्यरत सप्तरीको हनुमाननगर–योगिनिमाई नगरपालिका एक कामदारको रहस्यमय मृत्यु भएको छ। यता मृत्युको खवर पाए लगत्तै शव बुझन् गएका पीडित परिवारका तीन सदस्य पछिल्लो ४८ घण्टादेखि सम्पर्क विहीन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्