३० वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

पुणेमा नेपाली कामदारको मृत्यु, शव लिन गएका परिवारजन ४८ घण्टा देखि सम्पर्कविहीन

मृतक शिवलाल सुतिहार

राजविराज–भारतको महाराष्ट्र राज्य अन्तर्गत पर्ने पुणे शहरको नानेकरबाडीस्थित मधुवन ट्रेडर्स स्टिल प्रालिममा कार्यरत सप्तरीको हनुमाननगर–योगिनिमाई नगरपालिका एक कामदारको रहस्यमय मृत्यु भएको छ। यता मृत्युको खवर पाए लगत्तै शव बुझन् गएका पीडित परिवारका तीन सदस्य पछिल्लो ४८ घण्टादेखि सम्पर्क विहीन भएका छन्।

हनुमाननगर योगिनिमाई नगरपालिका–२ बस्ने ५० वर्षीय शिवु भनिने शिवलाल सुतिहारको गत बुधबारै मृत्यु भएको परिवारजनले जनाएको छ। मृतकका दाजु हेमनारायणका अनुसार बुधवार साँझ सोही कम्पनीमा काम गर्ने सप्तरीको सोनरा पकरी निवासी ओमप्रकाश यादवले मृतकका छोरा छेदी सुतिहारलाई फोन गरी ‘तिम्रो वुवा निकै विरामी छन्, चाँडै आउ’ भनि बोलाएका थिए।

खवर पाए लगत्तै शिवलालकी पत्नी दुखनीदेवि सुतिहार, दाजु रामनारायाण शर्मा(सुतिहार) र छोरा छेदी बिहीबारै पुणे गएको र शनिबार पुणेस्थित मधुवन ट्रेडर्स स्टिल प्रालि पुगे। ‘शनिबार साँझसम्म सवै सम्पर्कमै थिए’, हेमनारायणले भने, ‘कम्पनी पुगे लगत्तै शिवलालको मृत्यु भइसकेको भनि हामीलाई जानकारी गराइयो, परिवारजनले शवको पोष्टमार्टम गराएर शव नेपाल लैजाने प्रस्ताव गरेपनि जबर्जस्ती त्यँही अन्त्येष्टि गर्न लगाइयो।’

कम्पनी परिसरमै रहेको अस्पतालमा शविलाललाई राखिएको बताउँदै हेमनारायणले भने, ‘भतिज छेदीसँग भएको कुराकानी अनुसार भाइको अन्तिम संस्कारमा छेदीबाहेक कसैलाई जान पनि दिएन, यो कहाँको न्याय हो।’

यता आफ्ना परिवारजनले यसको विरोध गर्दा उल्टै ४८ घण्टादेखि उनीहरुलाई सम्पर्क विहीन पारिएको हेमनारायणको गुनासो छ। ‘शनिबार साँझ मैले कुरा गर्दा भतिज, बुहारी र अर्का भाई रामनारायण निकै डराएका थिए, उनीहरुलाई त्यहि कम्पनीको हाता भित्रै नियन्त्रणमा राखिएको थियो’, हेमनारायणले भने, ‘भाइ पनि गुमाए अब परिवारका अन्य सदस्यहरु पनि संकटमा छन्।’

आइतबार विहानैदेखि फोन गरिरहँदा उनीहरुको फोनमा सम्पर्क  हुन नसकेको हेमनारायणले बताए। परिवारजनसँगै त्यहाँ काम गर्ने सप्तरीका ओमप्रकाश यादव लगायतका कामदारको फोनसमेत नउठिरहेको बताउँदै उनले भने, ‘एक त गरिब, त्यसमाथि अनपढ, न त कानुनै बुझ्छु न पहुँच र पैरवी नै छन्, के गरु, कहाँ जाउ अन्यौलमा छु।’

गाउँलेको सल्लाहमा हेमनारायणले सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठाडो उजुरी दर्ता गराएका छन्। सप्तरीका प्रहरी प्रमुख एसपी भिम ढकालले यसवारे सम्बन्धी निकायको माध्यमले पहल थाल्ने जानकारी गराए।  

हेमनारायणका अनुसार शिवलाल पछिल्लो १९ बर्षदेखि उक्त कम्पनीमा कार्यरत रहेका छन् । मजदुरीवाट काम थालेका शिवलाल पछि बेल्डिङको काम गर्दै आएका थिए। पछिल्लो पटक दुई वर्ष अघि शिवलाल गाउँ आएका थिए ।

 

प्रकाशित: १० आश्विन २०७३ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App