१ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बिमा अवधिमा तोकिएका घातक रोग लागेमा बिमाले जोखिम बहन गर्नेछ। साथै, साबिकको योजना भने बिमा अवधिसम्म चालु रहनेछ। यस पूरक करारले थप जोखिम बहन गर्ने कम्पनीले जनाएको छ।

अछाम–धनगढी हवाई सेवा सुचारु, यात्रा १७ मिनेट

अछामको साँफेबगर र कैलालीको धनगढी पहिलो पटक हवाई सेवामा जोडिएका छन्। साँफेबगर बिमानस्थल कालोपत्रे भएपछि शुक्रबारबाट पहिलो पटक हवाई सेवा सुरु भएको हो। समिट एयरद्धारा पहिलो पटक धनगढीदेखि साँफेबगरसम्मको दोहोरो उडान भर्न सुरु गरेको छ।

यात्रु बिमा १५ लाख बनाइँदै

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले यात्रुको बिमा बढाउन विभागले गृहकार्य अघि बढाएको बताए। यसका लागि करिब दुई महिनाअघि बिमा समिति पठाएका छौं,’ उनले भने, ‘समितिबाट सहमति भएर आएपछि यात्रुले अधिकतम १५ लाख रुपैयाँसम्म बिमाको रकम पाउनेछन्।

पशुबिमा नगर्दाको नोक्सान

मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसान पासाङ गुरुङले दुई सयभन्दा बढी च्यांग्रा पालेका छन्। १५ वटाजति भेडा र केही चौरी पनि छन्। तर, गुरुङले पालेका कुनै पनि पशुको बिमा गरेका छैनन्। पशुको बिमा गर्दा लगानी सुरक्षित हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि गुरुङले चासो दिएका छैनन्।

अब काभ्रेमा पनि स्वास्थ्य बिमा

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम काभ्रेपलाञ्चोकमा पनि सुरु हुने भएको छ।

पर्यटनमन्त्री सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको छ। फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बोको सिस्ने स्थित तारेभीरमा भीरमा ठोकिएर बिमान दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

समयानुकूल प्रविधि र सेवा प्रवाहमा ध्यान देऊ

सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान स्थापनाको ५२औं वर्षमा प्रवेश गरेको छ। संस्थान ५२औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बिमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकूल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरे।

‘सहर सोचजस्तै भएन’

गाउँभन्दा अलि फरक, आधुनिकता झल्कने, मौलिकता बोकेको र सुविधायुक्त ठाउँ नै सहर हो। मेरो विचारमा सहर सर्वगुण सम्पन्न हुनुपर्छ। सहरमा बस्नेहरुको जीवन सुरक्षित र सुखदायी हुनुपर्छ। पूर्वाधारयुक्त निर्माण व्यवस्थित किसिमले गरिएका हुन्छ। त्यहाँ ऐतिहासिक कलाकृति सजाइएको हुन्छ। तर, दुभाग्र्य ! हाम्रा सहर हामीले जे सोचका थियौं त्यही किसिमका भएनन्। सहरमा फोहरै फोहर मात्रै देखिन्छ। यातायात पनि अस्तव्यस्त छ। सहर यस्तो होला भनेर जुन परिकल्पनाका साथ गाउँबाट सहर पसिन्छ त्यो अनुसारको सहर देखिन्न। सहर पसेपछि झन् दुःख सुरु हुन्छन्।

नेपालका लागि राज्य समाजवाद

नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको कुरा गरेको छ। सरकार चाहिँ सुखी नेपाली समृद्ध नेपालको नाराबाट समाजवादमा जाने नारा लगाउँदै छ। संसारमा समाजवादबारे एउटै बुझाइ छैन। अंग्रेजीमा ‘सोसलिज्म’ भनिने समाजवाद खासमा आधुनिक सिद्धान्त हो जसको पहिलो प्रयोग पश्चिमी समाजमा भएको छ। सम्भवतः ‘समाजवाद’ शब्दको प्रयोग पहिलोचोटि सन् १८२७ मा लेसेज–फेयर सिद्धान्तलाई खारिज गर्ने सन्दर्भमा भएको थियो।

१४ प्रतिशत नागरिकको मात्र बिमा

मुलुकमा जीवन बिमा गर्ने नागरिक १४ प्रतिशतमात्र रहेको तथ्यांक सार्वजनिक भएको छ। बिमा समितिले गत असारसम्मको बिमालेख (पोलिसी) बिक्रीका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो।

प्रदेश २ मा सबै छोरीको शिक्षा बीमा गरिने

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आउँदो माघदेखि प्रदेशभित्र जन्मिने सबै छोरीको शिक्षा बीमा गरिने घोषणा गरेका छन्।

हट्यो नेपाली यात्रुलाई बिमा विभेद

अन्तर्राष्ट्रिय हवाई दुघर्टनामा ज्यान गुमाउने नेपाली र विदेशी यात्रुका आफन्तले पाउने बिमा रकमको असमानता शनिबारबाट हट्दैछ।

तेस्रो नम्बरका पोख्रेल नियुक्त

लोक सेवा आयोगले तेस्रो नम्बरमा सिफारिस गरेका रमेशराज पोख्रेललाई सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको छ। सोमबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले पोख्रेललाई नियुक्त गरेको हो।

कर्णालीका पत्रकारलाई स्वास्थ्य बिमा

कर्णालीका पत्रकारहरुलाई व्यवसायीक तथा उत्प्रेरित बनाउन कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। पत्रकार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधी २०७५ स्वीकृत गरेर प्रक्रिया अघि बढाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्