१ मंसिर २०८१ शनिबार
image/svg+xml

पदयात्रामा अब बिमा अनिवार्य

नेपालको पदयात्रा क्षेत्रमा पर्यटकको ‘फेक रेस्क्यू’ (फर्जी उद्धार) हुने गरेको भन्दै हिमाली भेगको पदयात्रामा जान चाहने पर्यटकको जोखिम बेहोर्न अन्तर्राष्ट्रिय बिमा कम्पनी तयार नभइरहेको बेला सरकारले भने ‘ट्राभल इन्सुरेन्स’ (यात्रा बिमा) नगरी पदयात्रामा जान नपाउने गरी कडाइ गरेको छ।

पुनर्बिमा कम्पनी लिमिटेडसँग प्राइमलाइफको पुनर्बिमा सम्झौता

नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाको लागि सम्झौता भएको छ।

बिमा बोर्डको कार्यकारी निर्देशक नियुत्तिमा ढिलाइ

स्वास्थ्य बिमा ऐन जारी भएको एक वर्ष बितिसक्दा पनि स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक चयन हुन सकेको छैन। राजनीतिक खिचातानीका कारण निर्देशक चयनमा ढिलाइ भएको स्रोतले बताएको छ।

स्वेच्छाले बिमा गर्ने परिपाटीको अभाव

शिखर इन्स्योरेन्स कम्पनी नेपालको १५औं निर्जीवन बिमा कम्पनीको रुपमा स्थापना हुँदा नेपालको कुल निर्जीवन बिमा बजार जम्मा २७० करोड रहेको थियो । हाल नेपालको कुल निर्जीवन बिमा बजार करिब २३०० करोडको हाराहारीमा रहेको छ । कम्पनी स्थापनाको पहिलो सय दिनमा हामीले १० करोडको बिमा शुल्क संकलन गरेका थियौं भने हाल १५औं वर्षमा प्रवेश गर्ने क्रममा चालु आर्थिक वर्षको पहिलो सय दिनमा हामीले सय करोड कुल बिमा शुल्क संकलन गर्न सफल भएका छौं।

नेपाल पुनर्बिमा कम्पनी पाँच वर्षमा

नेपाल पुनर्बिमा कम्पनी लिमिटेड पाँच वर्षमा प्रवेश गरेको छ। कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँचौं वार्षिकोत्सव मनाएको छ।

जुम्ला बिमानस्थल मन्त्रीलाई खुला, सर्वसाधारणलाई बन्द

दुई सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको उपचार गराइरहेकी रोल्पा थवाङकी जनसरी घर्तिलाई अस्पतालले रेफर गर्दा पनि जहाजले बोक्न मानेनन्।

ताप्लेजुङमा समिटको उडान सुरु, नेपाल एयरलाइन्सको बुधवारबाट

यात्रुलाई खुसीको सन्देश दिँदै समिट एयरले ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिब दुई महिनासम्म जहाज अवतरण हुन नसकेको खडेरी तोडेको छ। सुकेटारमा मंगलबार समिट एयरले यो सिजनको पहिलो उडान भर्दा अर्को खुसीको सन्देश पनि थपिदिएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्सको बिमा योजना

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले नयाँ बिमा योजना ल्याएको छ।

विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको सम्मेलन सुरु

विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको सम्मेलन २१ औ सम्मेलन राजधानीको शोल्टी होटलमा सुरु भएको छ।

‘स्वास्थ्य बिमालाई व्यवस्थित गर’

सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमालाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

बिमा नहुँदा पर्यटकलाई नेपाल आउन अन्योल

उच्च हिमाली भेगको पदयात्रामा जान चाहेका स्पेन र फ्रान्सका ४–४ जना पर्यटक अहिले नेपाल आउने, नआउने दोधारमा छन्।

असोज ९ र १० मा अन्तर्राष्ट्रिय स्तरको बिमा सम्मेलन हुने

असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय स्तरको बिमा सम्मेलन हुने भएको छ । विकासशील राष्ट्रका बिमा र पुनर्बिमा कम्पनीहरुको संगठन (एआइआरडिसी), बिमा समिति र नेपाल बिमक संघले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरेका हुन् ।

७५ करोड पुनर्बिमा पुनर्बिमाबापत बिदेसिनबाट रोकियो

बर्सेनि अर्बौं रुपैयाँ पुनर्बिमाबापत बाहिर जाने पैसा पुनर्बिमा कम्पनी स्थापना भएपछि स्वदेशमै रोकिएको छ । गत आर्थिक वर्षमा ७५ करोड रुपैयाँ पुनर्बिमाबापत बाहिरिनबाट रोकिएको हो।

नेपाली हवाई यात्रुको बिमा रकम अब १ करोड ६० लाख

हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपाली यात्रुको बिमा रकम प्रतियात्रु १ लाख ६० हजार अमेरिकी डलर (१ करोड ६० लाख रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसदले सर्वसम्मतिले पारित गरेको छ।

एक वर्षमा चार प्रतिशत बिन्दुले बढ्यो बिमा पहुँच

बिमा समितिले बिमा कम्पनीहरुको संरचनागत सुधार, अभिकर्ताको आन्दोलन स्थगन, जनचेतनाका कार्यक्रममा आएको बढोत्तरी र दाबी भुक्तानी चुस्त दुरुस्त पारेका कारण बिमाको पहुँच एक वर्षमै चार प्रतिशत बिन्दुले बढेका दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्