१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको सम्मेलन सुरु

काठमाडौ– विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको सम्मेलन २१ औ सम्मेलन राजधानीको शोल्टी होटलमा सुरु भएको छ। 

मंगलबारबाट सुरु भएको दुईदिने सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता छ।

एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज(एआईआरडीसी)को आयोजनामा भएको उक्त सम्मेलनमा प्राकृतिक विपत्तिमा बीमा क्षेत्रका लागि अवसरको खोजी गर्ने जनाइएको छ।

विकासोन्मुख २० राष्ट्रका प्रतिनिधि सहभागीले विपद्को जोखीम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेसन, लगायतका बिषयमा छलफल हुने कार्यक्रम छ।

सम्मेलनलाई संबोधनगर्दै मा अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा क्षेत्रल जोखीम बहन क्षमता विस्तार गर्दै प्रडक्टमा विविधी करण ल्याउन आग्रह गरे। प्रविधिको उच्चतम प्रयोग गर्दै ग्राहकले घरैमा बसेर बीमा प्रिमियम तिर्ने र दावी भुक्तानीको व्यवस्था गर्न उनको सुझाव थियो। 

सरकारले लघुबिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन लागेको भन्दै जेष्ठ नागरिक तथा सिमान्तकृत जनताको स्वास्थ्य बीमाको जिम्मा सरकारले लिन लागेको जानकारी गराएका थिए। 

प्रकाशित: ९ आश्विन २०७५ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App