६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

आघाैं दशैंमा ‘परालको आगो’ चलचित्र देखाइने

कथाकार गुरुप्रसाद मैनालीको ‘परालको आगो’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ। मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ। ‘परालको आगो’ मैनालीको कथासंग्रह ‘नासो’मा संग्रहीत छ।

फिल्मका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन्। निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दशैंमा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए। निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ। निर्माण पक्षले कलाकार फाइनल हुन बाँकी रहेको जनाएको छ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।

निर्माता पोखरेलले यसअघि फिल्महरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन्।  

प्रकाशित: १ मंसिर २०८१ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App